After a week the metropolis picked up the wooden waste
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २५ आइतबार । काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर आजबाट उठ्ने भएको छ । ओखरपौवाका बासिन्दा र काठमाडौं महानगरपालिका बीच शनिबार दुई बुँदे सहमति भएसँगै एक साता देखिको फोहोर आइतबारदेखि उठाइएको छ।
नुवाकोट ओखरपौवा क्षेत्रका स्थानीयले राखेको मागमा सहमति नहुँदा एक सातादेखि उपत्यकामा फोहोर उठ्न सकेको थिएन। स्थानीयले एम्बुलेन्स उपलव्ध गराउनु पर्ने, सिसडोलसम्म पुग्ने बाटो पिच गर्नु पर्ने माग राखेका थिए।
महानगरले दुबै माग दश दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ। प्रतिवद्धतापछि असन्तुष्ट स्थानीयले फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गर्न दिन सहमत भएका हुन्।
प्रतिक्रिया