Road accident, seven Nepali deaths in india
विशाल चौतारी समाचार
भारत, २०७४ भाद्र २३ शुक्रबार। भारतमा सवारी दुर्घनामा परी सात नेपालीको मृत्यु भएको छ । भारतको उत्तरप्रदेशस्थित महराजगञ्ज जल्लिाको पुरन्दरपुर इलाकामा शुक्रबार दुर्घटना भएको हो ।
गोरखपुरबाट सुनौली नाका हुँदै भैरहवातर्फ गइरहेको भारतीय नम्बर प्लेटको एउटा कार र तेल ट्यांकर एकापसमा ठोक्किँदा चार बालबालिका सहित सात नेपालीको ज्यान गएको हो ।
यो घटनामा चारजना गम्भीर घाइते भएका छन् । घाइते भएका चारै जनालाई गोरखपुरकै एक अस्पतालमा भर्ना गरिएको छ । यि मध्ये सबैको अवस्था गम्भीर रहेको समाचार भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतकमध्ये धेरैको शरीर टुक्रा टुक्रा भएको छ । कसैको टाउको र शरीरसमेत छुट्टिएको छ । कारमा सवार रहेका र मृतकहरू सबै नेपाली नागरिक नै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया