Bisal Chautari Logo

नेपाल आइडलविरुद्ध परेको मुद्दा खारेज गरे आदलतले

- २३ भाद्र २०७४, शुक्रबार १०:१७ मा प्रकाशित


Dispute the issue against Nepal Idol
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २३ शुक्रबार। एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालटी शो ‘नेपाल आइडल’ आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ । दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो ।
भदै १५ गतेको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । ३७ लाख २० हजार भन्दा बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।
आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा जोडेर एक जना आउट हुने बताएपछि अदालतमा मुद्दा परेको थियो ।
आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरे ।
रिटको प्रारम्भीक सुनुवाई गर्दै दुबै पक्षलाई छलफलमा बोलाउनका साथै आजसम्म (१५ गते ८ः४५ देखि भोलिपल्ट १२ बजेसम्म आएको) भेट गणना नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।
शुक्रबार वादी प्रतिवादीको बहस सुनेपछि न्यायाधीश भट्टको इजलासले रिट निवेदन खारेजको फैसला सुनाएका छन् ।

प्रतिक्रिया