Bisal Chautari Logo

भारतले लगाएको नाकाबन्दीमा एक पत्रकारले भोगेको कथामा चलचित्र ‘साढे सात’ || पत्रकार बने सत्यराज

- २३ भाद्र २०७४, शुक्रबार ०७:२८ मा प्रकाशित


SAADHE SAAT movie Ft. Satya Raj Acharya and Menuka Pradhan
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र २३ शुक्रबार । मंसिर १५ गतेलाइ प्रदर्शन मिति तय गर्दै चलचित्र ‘साढे सात’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रले भारतले लगाएको नाकाबन्दीको समयमा एक पत्रकारले भोगेको कथालाइ उठान गरेको छ । चलचित्रमा पत्रकारको भूमिकामा गायक सत्यराज आचार्यले अभिनय गरेका छन् ।
सत्य स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो, एवीसी एन्ड एआरसी ग्रान्डसन फिल्म प्रोडक्शनले संयुक्त रुपमा यो चलचित्र निर्माण गरेका हुन् । सुनिल थापा यो चलचित्रका प्रस्तुतकर्ता हुन् ।
चलचित्रमा उनको साथमा सुनिल थापा, मेनुका प्रधान, सुप्रिया, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रमा साप्तेन भुटियाको पटकथा, सम्पादन र निर्देशन छ । चलचित्रमा अनिष तामाङको छायांकन, सत्य(स्वरुपको संगीत छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार तथा निर्माता सुनिल थापाले आफूहरुले एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताए ।
यस्तै, निर्माता स्वरुपराज आचार्यले ‘साढे सात’ देशको भोगाइको कथामा बनेको बताए । निर्देशक भुटियाले थ्रिलर कथामा यो चलचित्र बनेको बताए ।
नाकाबन्दीको समयमा एउटा मिडिया हाउस र पत्रकारले भोगेको कथालाइ चलचित्रमा उतारिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी अन्नपूर्ण मिडिया गु्रपका प्रमुख रामेश्वर थापाले नेपाली मिडियाले नेपाली चलचित्र र कलाकारलाइ स्थान दिन थालेको भन्दै यो खुशीको कुरा भएको बताए ।

New Nepali Movie SAADHE SAAT Official Trailer 2017/2074 Ft. Satya Raj Acharya, Menuka Pradhan


New Nepali Movie SAADHE SAAT
Cast: Sunil Thapa, Satya Raj Acharya, Menuka Pradhan, Kameshor Chaurasiya, Supriya Katuwal
Producer: Satya Raj Acharya, Swaroop Raj Acharya, Sunil Thapa, Naresh Dev Pant, DJ Santosh, Samten Bhutia
Co-Producer: Anju Shrestha, Raju Bogati, Deepa Dhungel, L B Tondon, Bishal Chamling
Screenplay/Editor/Director: Samten Bhutia
Cinematography: Anish Tamang
Music: Satya-Swaroop
Art Director: Shirjana Gahatraj
Sound Engineer: DJ Santosh
Makeup: Shankar Thapa
Production Manager: Samrant Thapa
Asst. Editor: Kerr Koinch Linuch Sunuwar
Colorist: Ujjwal Joshi
VFX: Anup Kulung Rai
Creatives: Surya Lama
Title Track: Roshan Thapa
Post Sound Consultant: Sundar Shrestha
Social Media Promotion : Royal Bhimsen ( Trident Concept)

प्रतिक्रिया