Bisal Chautari Logo

आगमी निर्वाचनमा चितवनबाट लड्ने प्रचण्डको घोषणा

- २३ भाद्र २०७४, शुक्रबार ०६:२४ मा प्रकाशित


Prachanda’s announcement to fight against Chitwan in the election
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २३ शुक्रबार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
                                                                                                                                  फाइल फोटो

प्रेस सेन्टरले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले चितवनबाट संसदीय निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका हुन् । उनले जिल्लाको कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने विषयमा भने टुंगो नलागेको बताए ।
प्रचण्डले दुई पटक चुनाव लड्को काठमाडौं छाडेर चितवन रोजेका छन् । जहाँको महानगरपालिका भरतपुरको मेयरमा उनकी छोरी रेणु दाहाल निर्वा्चित भएकी छन् प्रचण्डले ०६४ को चुनावमा काठमाडौं र रोल्पा दुबै ठाउँबाट चुनाव जिते । दोस्रो संविधानसभामा सिरहाबाट जिते पनि उनी काठमाडौं १० मा पराजित भएका थिए ।

प्रतिक्रिया