Bisal Chautari Logo

अफगानिस्तानमा आइएसका १८ लडाकू मारिए

- २२ भाद्र २०७४, बिहीबार १२:२६ मा प्रकाशित


IS kill 18 fighters in Afghanistan
विशाल चौतारी समाचार
काबुल, २०७४ भाद्र २२ विहिबार। अफगानिस्तानको फर्याब प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा १८ जना लडाकू मारिएको समाचार छ ।
मारिएकामा आइएस संगठन आवद्ध लडाकू परेका प्राप्त समाचारमा जनाइएको छ । सो क्षेत्रमा आइएसका क्रियाकलाप बढ्दो रुपमा रहेको पाइएको सूचनाका आधारमा अफगान सेनाले कारबाही थालेको थियो ।
बिहीबार बिहान गरिएको उक्त कारबाहीका क्रममा ती लडाकू मारिएको अफगानिस्तानको गृह मन्त्रालयले जानकारी दिएको छ ।
कैयौँ विस्फोटक पदार्थ निष्क्रिय
यसैबीच प्राप्त एक अर्काे समाचारमा गत २४ घण्टामा अफगान सैनिकले गरेको सैन्य कारबाहीमा ९० वटा बारुदी सुरुङ्ग र विस्फोट पदार्थ निष्क्रिय पारिएको अफागान गृह मन्त्रालययले बिहीबार जनाएको छ ।
अफगान राष्ट्रिय सैनिकको एक समूहले गत २४ घण्टाभित्र अफगानिस्तानमा गरेको कारबाहीमा बारुदी सुरुङ्ग, सडककिनारमा राखिएका बमलगायतका ९० वटा विस्फोटक पदार्थ निष्क्रिय पारिएको छ ।
अफगानिस्तानमा जारी द्वन्द्वको कारण यस बर्षको सुरुदेखि छ महिनाभित्र एक हजार ६६० व्यक्तिको मृत्यु हुनुको साथै तीन हजार ५८० व्यक्ति घाइते भएका अमेरिकाको लागि संयुक्त राष्ट्रसंघीय मिसनले जानकारी दिएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया