Bisal Chautari Logo

विवादका कारण नेपाल आइलमा यो हप्ता निःशुलक भोट गर्न पाउने

- २१ भाद्र २०७४, बुधबार १२:१० मा प्रकाशित


Nepal idol 
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २१ बुधबार। एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालटी शो ‘नेपाल आइडल’मा भोटीङ गदौ पैसा नलाग्ने आयोजकले बताएको छ । पैसाको खेल भएको भन्ने बिषयमा सामाजिक संजालमा विभिन्न टिका टिप्पणी हुन थालेपछि आयोजकले आइडलका प्रतियोगीलाई निःशुल्क भोट गर्न सक्ने ब्यवस्था मिलाएको हो ।
                                                                                                                                  फाइल फोटो

गत हप्ताको नो एलिमिनेसन एपिसोडमा टप फोरबाट कोहि पनि आउड नगरेपछि सामाजिक संजालमा देखिएका गुनासा सम्बोधन गर्न आयोजकले नेपाल आइडलको एपमार्फत निःशुल्क भोटिंगको व्यवस्था गरेको जनाएको छ ।
आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । आइडलका अनुसार यो राउडमा ३७ लाख २० हजार भन्दा बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा यसलाई जोडेर एक जना आउट हुने जानकारी दिएको थियो ।
आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरे ।
रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि पर्सि २३ गते बोलाएको छ ।

प्रतिक्रिया