Kathmandu National Medical Council dismisses
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २१ बुधबार। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ । एक महिनाअघि काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन बुधबार खारेज गरेको हो ।
त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले नेसनल मेडिकल खलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो । परिषद्ले गठन गरेको ३ सदस्यीय पूर्वाधार निरीक्षण समितिको प्रतिवेदनको आधारमा सम्बन्धन खारेज गरिएको त्रिविका रेक्टर सुधा त्रिपाठीले बताइन् । ’स्वास्थ्य मन्त्रालयको स्वीकृतिबिना सञ्चालन भएको र छानबिन समितिको प्रतिवेदनको आधारमा सम्बन्धन खारेज गरिएको हो’ रेक्टर त्रिपाठीले भनिन् ।
काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दबाब दिँदै आएका थिए ।
प्रतिक्रिया