Bisal Chautari Logo

‘भिमदत्त’को ट्रायल शोबाटै राम्रो प्रतिकृया

- १९ बैशाख २०७१, शुक्रबार ०४:२९ मा प्रकाशित


BHIMDATTA-movie
काठमाडौं, १९ बैशाख । किसान नेता मिभदत्त पन्तको जिवनीमा आधारित चलचित्र  ‘भिमदत्त’ले ट्रायल शो गरेको छ । कमलपोखरीस्थित जय नेपाल हलमा आयोजना गरिएको ट्रायल (परिक्षण)शोमा चलचित्रसँग सम्बन्धित सदस्य, चलचित्रकर्मी एवं पत्रकार, तथा अन्य दर्शकहरुको उपस्थिति रहेको थियो ।
चलचित्र भिमदत्तको ट्रायल शोमा सहभागी अधिकांशले राम्रो सिनेमा बनेको प्रतिक्रिया दिए । भिमदत्तको पत्नीको भूमिका निभाएकी अभिनेत्री सुमिना घिमिरेको अभिनयलाई उपस्थित सबैले प्रसंशा गरेका थिए । ट्रायल शोमा चलचित्रमा भिमदत्त बनेका अभिनेता तथा चलचित्रका निर्माता नवल खड्का, अभिनेत्री सुमिना घिमिरे अभिनेत्री निशा अधिकारी लगायत अन्य कलाकारपनि उपस्थित रहेका थिए । चलचित्रको ट्रायल शो सकिएपछी पत्रकारहरुसंग कुराकानी गर्दै अभिनेता तथा निर्माता खड्काले चलचित्रलाई ट्रायल शोबाट सच्याउनु पर्ने कुनै प्रतिक्रिया नआएको बताए । भने–‘हामी यहि ट्रायल शोमा देखाएको सिनेमा नै रिलिजमा उतार्ने छौ ।’ 
चलचित्र निर्माण घोषणा ताका देखीकै चर्चामा रहेको चलचित्र ‘भिमदत्त’का निर्देशक हिमग्याप टासी भने यतिबेला अमेरिकामा रहेका छन् । अमेरीकामा रहेकाले चलचित्रको ट्रायस शोमा उपस्थित हुन नपाएपनि आफुले निर्देशन गरेको पहिलो चलचित्रले काठमाडौमापनि राम्रो प्रतिकृया पाएकोमा निकै खुसी रहेको निर्देशक टासीले अनलाइन कुराकानिमा बताए । निर्देशक टासीकै सक्रियतामा केहि साता अगाडी अमेरिकामा ‘भिमदत्त’को भव्य रेड कार्पेट तथा प्रिमियर सम्पन्न भएको थियो । त्यस्तै ओस्कार अवार्ड वितरण हलमापनि चलचित्र ‘भिमदत्त’ पोस्टर प्रर्दशनीमा राखिएको थियो । चलचित्रको नेपाल रिलिज भने तोकिएको छैन ।

ad

प्रतिक्रिया