Bisal Chautari Logo

उतर कोरियाले युद्धको सुरुवात गरेको अमेरिकाले आरोप, उत्तरको अर्को मिसाइल तयारी

- २० भाद्र २०७४, मंगलवार १२:५० मा प्रकाशित


America accused of North Korea launching war
विशाल चौतारी समाचार
एजेन्सी, २०७४ भाद्र २० मंगलबार। उत्तर कोरियाले युद्धको सुरुवात गरेको अमेरिकाले आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालिन बैठकमा बोल्दै राष्ट्रसंघका लागि अमेरीकी राजदूत निकी हेलीले शक्तिशाली परमाणु बमको परीक्षण गरेर उत्तर कोरियाका नेता किम जोङ उनले नयाँ युद्धको सुरुवात गरेको बताइन ।
                                                                                                                                  फाइल फोटे

उत्तर कोरियाले आइतबार हाइड्रोजन बमको सफल परीक्षण गरेपछिको अवस्थाबारे छलफल गर्न सुरक्षा परिषदको आपतकालिन बैठक बोलाइएको हो । न्युयोर्कमा बसेको बैठकमा अमेरिका युद्धको पक्षमा नरहेको भन्दै हेलीले तर आफूहरुको धैर्यता असिमित नरहेको चेतावनी पनि दिइन ।
बैठकमा अमेरिकाले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध थप कडा बनाउने प्रस्ताव गरेको छ । उत्तर कोरियाको मुख्य सहयोगी रहँदै आएको चीनले वार्ताको प्रस्ताव गरेको छ भने स्वीट्जरल्याण्डले मध्यस्थता गर्न तयार रहेको बताएको छ । परमाणु परीक्षणको जवाफस्वरुप दक्षिण कोरियाले हिजो लाइभ–फायर एक्सरसाइज गरेको थियो ।
यसैबीच, उत्तर कोरियाले नयाँ मिसाइल परीक्षणको तयारी गरेको विश्लेषकले बताएका छन् । उत्तर कोरियाले आइतबार परीक्षण गरेको हाइड्रोजन बम सन् १९४५ मा जापानको हिरोशिमा ध्वस्त पारेको बम भन्दा तीनगुणा ठूलो रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया