Bisal Chautari Logo

छोरीकोे लागि, चाउचाउ मात्रै ७ वर्षसम्म किन खाइरहेका छन्

- २० भाद्र २०७४, मंगलवार १२:३२ मा प्रकाशित


 eating only noddles 7 years for daughter
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र २० मंगलबार । सबैलाई आफ्नो सन्तानको माया लाग्छ । आफ्नो छाराछोरीको सबै इच्छ पुरा गरिदिने धेरै आमाबुबाको सपना हुन्छ । तर चीनको हुबेई क्षेत्रमा हृदय नै छुने खालको एउटा यस्तो घटना सार्वजनिक भएको छ, जो अहिले चर्चाको विषय बनेको छ ।
वास्तवमा यहाँँको उहानमा एकजना बाबुले आफ्नी छोरीका लागि पछिल्लो सात वर्षसम्म केवल चाउचाउ मात्र खाएर जिन्दगी गुजारिरहेका छन् ।
४९ वर्षका होउ यनवेइ सडक सफाइ गर्ने मजदुर हुन् । उनलाई खेलकुदमा निकै रुची छ । हालै एक चाइनीज वेबसाईटलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मेरी ११ वर्षकी एक छोरी छिन्, उनको नाम जिनजिन हो । चार वर्षदेखि नै उनलाई जिम्नाष्टिकमा खुबै रुची थियो । तर उनलाई उनको इच्छा पूरा गराउनका लागि मसँग पैसा थिएन । केही वर्षअघि मेरो पत्नीसँग डिभोर्स भयो ।
अहिले छोरीसँग एउटा सानो झुप्रोमा बस्दै आएको छ । मेरो एक महिनाको आम्दानी २ हजार युआन छ । जसमा ३ सय युआन घरको भाडा तिर्छु । निकै फारो गरी खर्च चलाएर छोरीका लागि पैसा जोगाउने गरेको छु । मैले आफ्ना लागि १० युआन भन्दा धेरै खर्च गर्दिनँ । मैले पछिल्लो ७ वर्षमा केबल चाउचाउ मात्र खाएको छु र यी सात वर्षमा २ टन जति चाउचाउ खाए हुँला ।’
छोरी राष्ट्रिय जिम्नाष्ट होउन् भविष्यमा भन्ने उनको सपना छ । त्यसका लागि जे गर्नुपरे पनि उनी तयार छन् । पछिल्लो पाँच वर्षदेखि छोरीले वुहान इन्स्टिच्यूट अफ फिजिकल एजुकेसनमा पढिरहेकी छिन् र तालीम गरिरहेकी छिन् । छोरीको ट्युसन शुल्क नै वर्षको १४ हजार युआन लाग्दछ । त्यस्तै अन्य पकेट खर्च ३ हजार । छोरीले जिम्नाष्टिकको तालीम सुरु गरेयता होउले आफ्ना लागि कुनै खर्च गरेका छैनन्, चाउचाउ खाएरै दिन गुजारिरहेका छन् । उनी केबल आफ्नी छोरीलाई अब्बल जिम्नाष्ट बनाएर एक उत्कृष्ट जिन्दगी प्रदान गर्न चाहन्छन् ।

प्रतिक्रिया