Bisal Chautari Logo

‘ए मेरो हजुर–२’ले आक्रामक व्यापार गर्दै तिन दिनमा ३ करोड माथी ग्रस कलेक्सन गर्‍यो

- २० भाद्र २०७४, मंगलवार ०२:३४ मा प्रकाशित


a mero hajur 2 movie 3 Days Collections Report – samragyee rl shah and salin man bania
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र २० मंगलबार । चर्चित अभिनेत्री झरना थापाद्धरा डेब्यु निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर–२’ले देशभरबाट आक्रामक व्यापार गर्दै तिन दिनमा ३ करोड ४३ लाख २९ हजार ग्रस कलेक्सन गर्न सफल भएको छ ।
गत शुक्रबार देशभर ९० पर्दाबाट ७८ लाख बढी ग्रस कलेक्सन गरेको सिनेमाले पहिलो दिन राजधानीबाट ४५ लाख ५० हजार र राजधानी बाहिरबाट ३३ लाख २१ हजार कलेक्सन गरेको थियो ।
शनिबार सिनेमाले देशभरबाट १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गर्न सफल भएको छ । शनिबारको कलेक्सन नेपाली सिनेमाको लागि सर्वाधिक एक दिने ग्रस हो । वितरकले दिएको जानकारी अनुसार शनिबार राजधानीबाट ‘ए मेरो हजुर २’ले ८७ लाख, ७५ हजार र बाहिरबाट ७२ लाख, ५५ हजार कलेक्सन गर्यो ।
दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको ‘ए मेरो हजुर २’ले नेपाली हलहरुमा बलिउड सिनेमा ‘बादशाहो’लाई छायाँमा पारेको छ । आइतबार सार्वजनिक विदा परेकोले विहानीका शो बाटै हाउसफुलको ब्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । ईदको विदामा ‘ए मेरो हजुर २’ले राजधानीबाट ५३ लाख १५ हजार र बाहिर बाट ५१ लाख २५ हजार कलेक्सन गरेको थियो । मोफसल वितरणक केदार पराजुलीले ‘ए मेरो हजुर २’ को व्यापारलाई ऐतिहासिक भनी टिप्पणी गरे । कतिपय हलको कलेक्सन विश्वास नलागेर दोर्होयाएर नै सोध्नुर्पयो तेस्तै ‘काठमाडौं वितरक गोविन्द शाहीले ए मेरो हजुर २’ मा दर्शकचापले गर्दा विदेशी फिल्मलाई समेत ठूलो धक्का लागेको बताए । अधिकांश हलबाट विदेशी फिल्म उतारेर ‘ए मेरो हजुर २’ लगाइएको छ, शाहीले भने ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित सिनेमामा राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुावर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । ‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् । संजय लामाले खिचेको सिनेमाका पटकथाकार सामिप्यराज तिमेल्सिना हुन् ।

प्रतिक्रिया