Bisal Chautari Logo

अर्जे्न्टिना र उरुग्वे गोलरहित बराबरी खेल्दै, अंक बाँडे

- १६ भाद्र २०७४, शुक्रबार १२:३१ मा प्रकाशित


Argentina vs Uruguay
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १६ शुक्रबार । सन २०१८ को विश्वकप छनोटअन्तर्गत अर्जे्न्टिनाले उरुग्वेसँग उसकै मैदानमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
उरुग्वेसँगको बराबरीपछि अर्जे्न्टिनाको १५ खेलबाट २३ अंक भएको छ भने उ अंकतालिकाको पाचौं स्थानमा यथावत छ । उरुग्वे २४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ ।
शुक्रबार बिहान राष्ट्रिय रंगशालामा चोटग्रस्त सुपरस्टार स्ट्राइकर लुइस स्वारेजलाई आठौं मिनेटमै गुमाएको उरुग्वेले लियोनल मेस्सीको टोलीलाई बराबरीमा रोक्न सफल भयो ।
स्वारेजलाई उरुग्वेले सुरुवाती टोलीमै उतारेको थियो । तर अर्जे्न्टिनी डिफेण्डर ओटामेण्डीसँगको ट्याकलमा पुनः चोटग्रस्त हुँदै उनी मैदान बाहिरिएका थिए ।
खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएर पनि अर्जे्न्टिनाले गोल गर्न सकेन । दुई पटक प्रशिक्षक परिवर्तन गर्दा पनि लय समाउन नसकेको अर्जे्न्टिनाले स्पेनिस टोली सेभियाबाट बोलाएका जर्ज साम्पाओलीको प्रशिक्षणमा पहिलो आधिकारिक खेल खेलेको हो ।
दक्षिण अमेरिकाबाट विश्वकपमा छनौट भइसकेको ब्राजिलले पनि आजको खेलमा इक्वेडरलाई २–० ले हरायो । जितसँगै उसको ३६ अंक भएको छ । दोस्रो स्थानमा रहेको कोलम्बियाले शुक्रबारको खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । कोलम्बिया तेस्रो स्थानको उरुग्वेभन्दा मात्र एक अंकले अगाडि छ ।विश्वक छनौटमा अझै तीन चरणका खेलहरु बाँकी छन् ।

प्रतिक्रिया