Bisal Chautari Logo

लुकाकु र मुनिएरको ह्याट्रिकसगैँ बेल्जियमले ९ गोल गरे जिब्राल्टरको पोष्टमा

- १६ भाद्र २०७४, शुक्रबार ११:५८ मा प्रकाशित


sport news Beljiyam vs Gibratar
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १६ शुक्रबार । सन् २०१८ को विश्वकप छनोटअन्तर्गत युरोपेली छनोटमा बेल्जियमले जिब्राल्टरलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ।
समूह एचअन्तर्गत भएको खेलमा बेल्जियमका लागि थोमस मुनिएर रोमेलु र लुकाकुले ह्याट्रिक गरे भने ड्राइस मर्टेन्स, एक्सल विट्सल र एडेन हाजार्डले एक÷एक गोल गरे।
दुवै टोलीका एक÷एक खेलाडीले रातो कार्ड पाएका थिए। बेल्जियमका गोलकर्ता एक्सल विट्सल र जिब्राल्टरका एरिन बार्नेटले रातो कार्ड पाएका थिए।
समूह एच कै अन्य खेलमा साइप्रसले बोस्निया एण्ड हर्नगोभिनालाई ३÷२ ले हरायो भने ग्रीस र इस्टोनियाले गोलरहित बराबरी खेले।
७ चरणको खेलपछि बेल्जियम १९ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको ग्रीसको १३ अंक छ।

 

प्रतिक्रिया