Bisal Chautari Logo

पत्याउनै गाह्रो उपहार ,कुकुरदेखि ताजमहलसम्मको (अरु के–के छ यस्तो उपहार )

- १६ भाद्र २०७४, शुक्रबार ०९:५६ मा प्रकाशित


A great gift
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र १६ शुक्रबार । उपहार पचाँस रुपैँयाको होस यात सय रुपैँयाको होस सबैले उपहारलाई पनि अमुल्या मान्छै । तर विश्वमा धनिहरुले यस्तो उपहार पनि दिएको छ, जुन विश्वस गर्न पनि गाह्रो हुन्छ । जानौँ दुनियामा यस्तो महंगो उपहार दिनेहरुको बारेमा ।
मुगल सम्राटले आफ्नी प्रेमिकालाई ताजमहल उपहारमा दिए । भारतका धनाढ्य मुकेश अम्बानीले हेलिकप्टर उपहार दिए । यस्तो उपहार दिनेमा इतिहासदेखि अहिलेसम्म मान्छेहरुको कमी छैन । जानौँ दुनियामा महंगो उपहार दिनेहरुको बारेमा ।
१५ करोडको कुकुर
हरेक बच्चालाई घरमा राम्रो नश्लको कुकुर बिरालो होस् भन्ने चाहना हुन्छ । तर सबै बच्चाका बाउ क्रिस ब्राउन जस्ता धनी हुने कुरा भएन । क्रिस ब्राउन ती धनाढ्य हुन् जसले आफ्नी छोरीलाई झण्डै १५ करोड रुपैयाँ पर्ने तिब्बती मेस्टिफ नश्लको कुकुरको छाउरा उपहार दिए ।
२० करोडको बरफ
चर्चित हलिउड फिल्म निर्माता एरोन स्पेलिंग्सले आफ्ना बच्चालाई ह्वाइट क्रिसमसको अनुभव गराउनका लागि एकचोटी २० लाख डलरको बरफ खरीद गरी आफ्नो लस एन्जल्सस्थित घरमा सजाएका थिए ।
रंगशाला
सन् १९८१ मा जब अबुधाबीका शेख मोहम्मदको विवाह शाहजादी सलमासँग भयो तब शेखका पिताले पाहुनाहरुलाई स्वागतका लागि १ करोड ५ लाख डलर खर्चिएर २० हजार मानिस अट्नसक्ने एक रंगशाला खरीद गरे । विवाह पछि उनले उक्त रंगशाला आफ्नो छोरालाई उपहारमा दिए ।
रानीको हार
रिचर्ड बर्टनले आफ्नी पत्नी एलिजाबेथ टेलरका लागि जे कुरा उपहारमा दिए । त्यसमध्ये एउटा थियो रानी मेरी प्रथमको अमूल्य हार । जसमा विश्वको सबैभन्दा महंगो मोती ला पेलेग्रीना जडित थियो । सन् १९६९ मा ३७ हजार डलरमा खरीद गरी उनले आफ्नी पत्नीलाई त्यो रानीको हार उपहारमा दिएका थिए ।
ताडको रुख
बलिउड अभिनेत्री एन्जेलिना जोली र उनका प्रेमी ब्राड पिटबीच अहिले सम्बन्ध टुटेको छ । तर तिनै जोलीले सन् २००८ मा आफ्ना प्रेमी ब्राड पिटलाई २ सय वर्ष पूरानो ताडको रुख उपहार दिएकी थिइन् उक्त रुखको मूल्य झण्डै १९ लाख रुपैयाँ पर्दथ्यो ।
साढे १० अर्ब रुपैयाँको मूर्ति
वाकिङ म्यान अर्थात् हिँडिरहेको मूर्ति अल्बर्टो जिकोमेट्टीले बनाएका थिए । त्यो उक्त समयको सबैभन्दा मूल्यवान मूर्ति थियो । रसियन टाइकून रोमन अब्रामोविचले यस मूर्तिलाई १० करोड ४३ लाख डलरमा खरीद गरी आफ्नी श्रीमतीलाई उपहार दिए ।
झरना

उनै जोलीले सन् २०१२ मा एउटा झरना खरीद गरी ब्राड पिटलाई उपहार दिइन् । उक्त झरनाको मूल्य १६ करोड रुपैयाँ थियो ।
हेलिकप्टर
एन्जेलिना जोली यत्तिमा रोकिनेवाला थिइनन् । सन् २०१२ मै उनले १६ करोड डलरको हेलिकप्टर खरीद गरी प्रेमी ब्राट पिटलाई उपहार दिइन् ।
कोहिनूर
विश्वको सबैभन्दा महंगो १ सय ५ क्यारेटको हिरा कोहिनूर अहिले बेलायतको संग्राहलयमा छ । उक्त हिरा सन् १९५० मा लाहोरका महाराजा दलीप सिंहले बेलायती महारानीलाई उपहारमा दिएका थिए ।

 

प्रतिक्रिया