Bisal Chautari Logo

जापान विश्वकपका लागि छनोट

- १६ भाद्र २०७४, शुक्रबार ०९:०४ मा प्रकाशित


Japan chooses for World Cup
विशाल चौतारी समाचार
साइथामा, २०७४ भाद्र १६ शुक्रबार । अस्ट्रेलियालाई पराजित गर्दै जापान सन् २०१८ को विश्वकपका लागि छनोट भएको छ । जापान विश्वकपमा छनोट भएको यो लगातार छैटौं पटक हो ।

एसियाली विश्वकप छनोटअन्तर्गत बिहीबार घरेलु मैदानमा सम्पन्न खेलमा जापानले अस्ट्रेलियालाई २–० ले पराजित गरेको हो । यस जितसँगै ९ खेलमा २० अंक जोडेको जापानले समूह ‘बी’ को विजेताका बन्दै, सन २०१८ मा रुसमा हुने विश्वकपको टिकट पक्का गरेको हो ।
४१औं मिनेटमा ताकुमा आसानोले गरेको गोलमा जापानले अग्रता लिएको थियो । ८३औं मिनेटमा यासुकी इडिगुइचीले गोल गर्दै जापानको विश्वकप यात्रा पक्का गरेका थिए ।
यता छनोट चरणमा पहिलो हारको सामना गरेको अस्ट्रेलियाको शीर्ष दुईमा रहँदै स्वतः विश्वकपमा छनोट हुने लक्ष्यमा गम्भीर धक्का लागेको छ । समान खेलमा १६ अंक जोडेको अस्ट्रेलिया तेस्रो स्थानमा छ । दोस्रो स्थानको साउदी अरेबियासँग अंक बराबर भए पनि अस्ट्रेलिया गोलअन्तरका आधारमा पछि परेको हो । आगामी मंगलबार थाइल्यान्डविरुद्धको खेलमा सुखद नतिजा निकाल्न सकेमा अस्ट्रेलियाको सम्भावना कायम हुनेछ । तर त्यसका लागि अस्ट्रेलियाले दोस्रो स्थानको साउदी अरेबिया र र जापानबीचको खेलको नतिजा कुुर्नुपर्नेछ ।
यस समूहबाट इरान यसअघि नै विश्वकपमा छनोट भैसकेको छ । इरान २१ अंकका साथ शीर्ष स्थानमा रहँदा १४ अंक जोडेको दक्षिण कोरिया दोस्रोमा छ । त्यस्तै १२ अंक जोडेको उज्वेकिस्तान चौथो स्थानमा छ । ९ अंक जोडेको चीन पाँचौं र ७ अंक जोडेको कतार पुछारमा छन् ।
समूह ‘ए’ को अर्को खेलमा चीनले उज्वेकिस्तानलाई १–० ले पराजित गर्दा दक्षिण कोरिया र इरानले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया