lalit gurung beldagi camp news
विशाल चौतारी समाचार
साउथ डाकोटा, २०७४ भाद्र १४ बुधबार । साउथ डाकोटा निवासि ललित गुरुङले आयोजना गर्न लागेको ‘फ्रेण्ड फरेभर’ नामक कार्यक्रम ‘रियल ब्याक टु पास्ट’ नामक साथिहरुको भेटघाट कार्यक्रम गर्दैछन् ।
उक्त कार्यक्रमको उद्देश्य नेपालमा हुदा भुटानबाट आएका र नेपालमा बासोबास गरिरहेका झापा बेलबारी क्याम्प १ मा बसेको र साथी संगतसंगै ति बिताएका पलहरुको सम्झना स्वरुप यो कार्यक्रम हुने आयोजकले बताए ।
यसका साथै यो कार्यक्रमको उद्देश्य नितान्त बेलडाँगी क्याम्प १ मा बिताएको संगै साथीभाइ, दाजुभाई दिदी बहिनीहरुको चिनजान गर्नु गराउनुका साथमा सम्झना स्वरुप यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको बारेमा जानकारी दिदै ललित गुरुङले भने –‘क्रिपया तपाईहरु यदी बेलडाँगी क्याम्प १ मा रहेको भए सम्पर्क गर्नुहोला मलाई ।
प्रतिक्रिया