Bisal Chautari Logo

यसरी मनाइयो अल्छि दिवस

- १४ भाद्र २०७४, बुधबार ०९:३८ मा प्रकाशित


lazy day
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र १४ बुधबार । आइतबार कोलम्बियाको इटागुई शहरमा मानिसहरु दिउँसै सडकमा गुन्द्री तथा चकटी ओछ्याएरसुतिरहेका थिए ।
उनीहरु कुनै मनोरोगले ग्रस्त भएर त्यसो गरेका होइनन्न् न त विरोध प्रदर्शन गरिरहेका हुन् । विश्व अल्छिपना दिवसको अवसरमा कोलम्बियालीहरु सडकमै सुतेका हुन् ।
उच्च तनावयुक्त श्रमिकहरुलाई थकाई मार्न दिन प्रोत्साहित गर्दै मनाइएको विश्व अल्छिपना दिवस सन् १९८५ देखि हरेक वर्ष यो शहरमा मनाइँदै आइएको छ ।
यो सहर उद्योग व्यवसायका दृष्टिले कोलम्बियामा अग्रणी शहर पनि हो । यहाँका मानिसहरु निकै परिश्रमी छन् र काममा दत्तचित्त भएर लागिरहन्छन् ।
यस्तैमा ३२ वर्षअघि कार्लोस मारियो मोन्टोया नामका एकजना शहरबासीले अनौठो आइडिया निकाले । सहरबासीहरु सधै व्यवसायमा दौडधुप मात्र गर्ने होइन की कहिलेकाहीँ थकाई मारेर जीवनको आनन्द पनि भोग गर्नुपर्दछ भन्ने उनको मान्यता थियो ।त्यसपछि उनकै अवधारणामा आधारित रहेर हरेक वर्ष विश्व अल्छिपना दिवसको नामबाट एकदिन सडकमै सुत्ने परम्परा सुरु भयो । अहिले ६५ वर्ष पुगेका मोन्टोयाले यो वर्षको दिवस आयोजनामा पनि सहयोग गरे ।
मानिसहरु दिवसको अवसरमा सडकमा सुतेनन् मात्र, सुताईसँग सम्बन्धित विभिन्न प्रतियोगिता पनि भए । सबैभन्दा राम्रो पाइजामा लगाएर सुत्ने प्रतियोगिता, सिरानी हानाहान गर्ने प्रतियोगिता, ओछ्यान गुडाउने प्रतियोगिता आदि । हेरौं अल्छि दिवसका केही रोचक दृश्यहरु

प्रतिक्रिया