Bisal Chautari Logo

भारतमा हिरासतभित्र नेपालीको मृत्यु, आइजीपीसहित ८ प्रहरी पक्राउ

- १४ भाद्र २०७४, बुधबार ०९:१२ मा प्रकाशित


Nepal’s death in custody in India, arrest 8 policemen including IGP
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १४ बुधबार । भारतको एक हिरासतभित्र एकजना नेपालीको मृतु भएको छ । भारतको केन्द्रीय अनुसन्धान ब्यूरोले उक्त घटनामा साउथ रेन्जका प्रहरी महानिरिक्षक (आइजीपी) सहित ८ जना प्रहरीलाई पक्राउ गरेको छ ।
एक किशोरीको बलात्कार र हत्यामा संलग्न रहेको आरोप लागेका सुरज नाम गरेका नेपाली युवाको हिरासतभित्रै मृत्यु भएको थियो ।
                                                                                                                                 फाइल फोटो

गत २० जुलाईका दिन बलात्कार र हत्याका प्रमुख आरोपी मानिएका राजीन्दर सिंहले आफूसँगै थुनिएका सुरजको टाउकोलाई भित्तामा बजारेका थिए । टाउको बजारीएपछि सुरजको मृतु भएको हो । राजीन्दरले सुरजलाई बलात्कारको विषयमा पोल खोलेको र आफूलाई फसाएको आरोपमा आक्रमण गरेका हुन् ।
गत ४ जुलाईमा कक्षा १० मा पढ्ने एक १६ वर्षीया किशोरी स्कुलबाट घर र्फकने क्रममा बेपत्ता भएकी थिइन् । त्यसको दुई दिनपछि प्रहरीले कोटखाइस्थित हलैला जंगलमा उनको शव फेला पारेको थियो । उनको बलत्कारपछि हत्या भएको पुष्टि भएको छ ।प्रहरीका अनुसार आरोपीले किशोरीलाई लिफ्ट दिएर एकान्त ठाउँमा लगेका थिए र सामुहिक बलत्कारपछि हत्या गरेका थिए । किशोरीको शरीरमा देखिएका चोटहरुले उनलाई चरम यातना दिइएको अनुमान गरिएको छ ।
सो घटनामा राज्य सरकारले विशेष अनुसन्धान टोली गठन गरेलगत्तै ६ जना व्यक्तिहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा आशिष चौहान, राजीन्दर सिंह, सुवाससिंह बिष्ट, लोक जान, सुरज सिंह र दिपक रहेका छन् ।
सुरजले घटनाको वृतान्त प्रहरीलाई बताएको आइसीपी जाइदीको भनाई छ । सुरजका अनुसार घटनाको प्रमुख सुत्रधार राजीन्दर सिंह थिए जो पिकअप भ्यानका ड्राइभर थिए । राजीन्दरको पिडित किशोरीसँग राम्रो चिनजान रहेको र त्यसअघि उनले दुईपटक किशोरीलाई लिफ्ट दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया