shwetasree foundation news
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र १३ मंगलबार । नायिका श्वेता खड्को संयोजकत्वमा श्वेताश्री फाउण्डेशनले निर्माण गर्दै गरेको एकिकृत नमुना माझी बस्ती विकास परियोजनालाई बंगलादेशको स्थापित ढाका क्लबले २० लाख रुपैयाँ सहयोग गरेको छ ।
मंगलबार बस्तीमै पुगेर क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
चेक बुझ्दै सल्लाहकार खत्रीले ढाका क्लबबाट प्राप्त उक्त रकमलाई सही ठाउँमा सदुपयोग गर्ने प्रतिवद्धता व्यक्तगर्दै क्लबलाई धन्यवाद दिए । यता अधिकृत आलिमले गत ०७२ बैशाख १२ गते गएको भूकम्पले माझी बस्तीलाई पुर्यााएको क्षति देखेर आर्थिक सहयोग गरेको खुलाए । भूकम्पबाट प्राभावित ५६ माझीघरहरु मध्ये १० वटा घरको जग बसालिएको छ । हामी चाडै नै तपाईंहरु घरमा बसेको हेर्न चाहान्छौं, चेक हस्तान्तरण कार्यक्रममा बोल्दै श्वेताश्री फाउण्डेशनका सचिव यज्ञराज कार्कीले भने, हामी घर भन्दा पनि शहर बनाउदैछौं । यसैले केही समय लागिरहेको हो । यो बस्तीहामीले होइन तपाईहरुले बनाउदै हुनुहुन्छ ।
फाउण्डेशनका अध्यक्ष नायिका श्वेता खड्का भने चलचित्र कान्छी सुटिगंका कारण मंगलबार बस्ती जान सकिनन् । स्व.श्रीकृष्ण श्रेष्ठ जन्मेको सिन्धुपाल्चोक जिल्लाको झ्याडी माझीटोल पुगेपछि श्वेताले उक्त भूकम्प प्रभावित बस्ती बनाउने वचन दिएकी थिइन् ।
प्रतिक्रिया