Bisal Chautari Logo

मलिनाको चुम्बन सारुकलाई || चलचित्र ‘रानी’को टिजर सार्वजनिक (भिडियो सहित)

- १३ भाद्र २०७४, मंगलवार १५:१९ मा प्रकाशित


RANI nepali movie Malina Joshi Anoop B Shahi and Saruk Tamrakar
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र १३ मंगलबार । चलचित्र ‘रानी’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक म्युजिकल टिजरमा डेब्यु अनुहारसंगै कथावस्तुलाई प्रस्ट्याउने प्रयत्न गरिएको छ । दुई डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसंग मलिना जोशीको प्रेमलाई टिजरमा देखाइएको छ । सार्वजनिक टिजर गीतका केहि दृश्य र चलचित्रको ट्वीस्टलाई समेटिएको छ ।
चलचित्रमा अनुप विक्रम शाही पनि छन् । उनी चलचित्रमा एन्टागोनिस्ट छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने नै अनुप देखिएका छन् । भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् । दयाराम दाहाल निर्देशित यस चलचित्रलाई पुरुषोत्तम प्रधान, सिसन बानिया र मान कृष्ण महर्जनले छायाँकन गरेका हुन् । चलचित्रमा विजय घिमिरेको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ । बिमलमान गुभाजुको निर्माण रहेको यो चलचित्र आउदो कार्तिक २ मा रिलिज हुनेछ ।

New Nepali Movie Teaser “RANI” Malina Joshi | Anoop B Shahi | Saruk Tamrakar | Manish S Shrestha


‘Rani’ is a love-triangle movie, starring Miss Nepal 2011 Malina Joshi, Anoop Bikram Shahi, and debut actors Manish Sundar Shrestha and Saruk Tamrakar, is coming to theatres near you!
Starring: Anoop Bikram Shahi, Malina Joshi, Saruk Tamrakar, Manish Sundar Shrestha, Sushan Khadka
Presentation: Bhanu Maharjan
Director: Dayaram Dahal
Camera: Purushottam Pradhan, Man Krishna Maharjan, Sisan Baniya
Writer: Yam Thapa
Music: Vijay Ghimire
Choreographer: Babbu Thapa, Shishir Khati
Producer: Bimal Man Gubhaju
Editor: Arjan G.C
Production Design: Bikash Pandit
Distribution: Sunil Manandhar
Color Grading: Ananta Ghimire
Background Scoring: Alish Karki
Mixing: Amit Shrestha

प्रतिक्रिया