Bisal Chautari Logo

नेमार विश्वको सबै भन्दा महँगा खेलाडी, को को परे टप फाइभमा

- १३ भाद्र २०७४, मंगलवार ०६:४६ मा प्रकाशित


world top five expensive football players
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १३ मंगलबार । नेमारलाई पिएसजीले बार्सिलोनाबाट २२२ मिलियन युरोमा खरिद गरेपछि उनी महँगा खेलाडी बनेका हुन । मेसी र सुवारेजको छायाँमा परेका नेमार अब पिएसजीका मुख्य खेलाडी बन्दैछन् र उनले त्यहाँ १० नम्वरको जर्सी समेत लगाउनेछन्।
१. नेमार २२२ मिलियन युरो
एक महिनाअघि मात्र बार्सिलोनाबाट विश्व कीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी पुगेका ब्राजिलियन फरवार्ड नेमार विश्वकै महँगा खेलाडी बनेका छन्।
२. ओसमान डेम्बेले १०५-१५० मिलियन युरो
१०५ मिलियन युरो स्पानिस जायन्ट बार्सिलोनाले फ्रान्सेली युवा फरवार्ड डेम्बेलेलाई नेमारको स्थानमा सोमबार ९६.८ मिलियन पाउण्ड (१०५ मिलियन युरो) मा अनुबन्ध गरेको छ। यो रकम १३५.५ मिलियन पाउण्ड (१५० मिलियन युरो) सम्म बढ्न सक्ने बार्सिलोनाले जनाएको छ। ५ वर्षको लागि सम्झौता भएको हो।
३. पउल पोग्वा १०५ मिलियन युरो

पोग्वालाई सन् २०१६ मा इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले १०५ मिलयन युरोमा युभेन्ट्सबाट किनेको थियो।
४. गारेथ बेल १००.८ मिलियन युरो

वेल्सका गारेथ बेल सन् २०१३ मा त्यस बेलाको कीर्तिमानी १००.८ मिलियन युरोमा इंग्लिस क्लब टोटनहम हट्सरपरबाट स्पेनी क्लब रियल मड्रिड गएका थिए।
५. क्रिस्टियानो रोनाल्डो ९४ मिलियन युरो
बेलअघि क्रिस्टियानो रोनालडो विश्वकै महँगो खेलाडी थिए। रोनाल्डो सन् २००९ मा ९४ मिलियन युरोमा म्यानचेष्टर युनाइटेडबाट रियल पुगेका थिए।

 

 

 

प्रतिक्रिया