Bisal Chautari Logo

लण्डनको सडकमा खुलेआम मान्छेको मासु बेच्दै

- १३ भाद्र २०७४, मंगलवार ०५:५५ मा प्रकाशित


Openly selling the man’s meet
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र १३ मंगलबार ।बेलायतको राजधानी लण्डनको ट्राफेल्गर स्क्वाएरमा अरु दिनजस्तै शनिवार पनि मानिसहरुको उतिकै चहलपहल थियो ।
सोही समयमा मानिसहरुको ध्यान चोकको बीचमा मान्छेको मासु बेचिरहेका केही व्यक्तिहरुतर्फ खिचियो । बीच सडकमा रगतले लतपतिएका युवतीहरूको शरीरसँगै रहेका केही मानिसहरुले ती युवतीको जीउको मासु किन्न अपील गरिरहेका थिए ।
बिकिनी पहिरिएका र जीउमा रगत लतपतिएका केही अर्धनग्न युवतीहरुको शरीर सडकमा पल्टाइएको थियो । मानिसहरु त्यो दृश्यलाई हेरेर आश्चर्य मानिसरहेका थिए । ती युवतीका जीउहरुमा ‘मान्छेको मासु’ भन्ने ट्याग लगाइएको थियो ।
वास्तवमा जनावरमाथिको भेदभावको विरोधमा यस्तो गरिएको थियो । सडकमा त्यसरी लडाइएका राताम्मे सरीरहरु मृत शरीर थिएनन र मासु बेच्नका लागि पनि राखिएको थियो
जनावरको प्राणको पनि मान्छेको प्राणको जत्तिकै मूल्य हुन्छ, जनावरलाई पनि बाँच्ने अधिकार हुन्छ भन्दै अभियानकर्मीहरुले साकाहारी बन्न अपील गर्दै जनचेतना जगाउन यस्तो अनौठो विधिको प्रयोग गरेका रहेछन् । डाइरेक्ट एक्सन एभ्रिह्वेयर नामक संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया