Bisal Chautari Logo

सिमा बिवादित क्षेत्र दोक्लामबाट भारत र चिन दुबैको सेना हट्ने

- १२ भाद्र २०७४, सोमबार ०७:४५ मा प्रकाशित


Army withdraws from the sponsored area
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १२ सोमबार । चीन र भारतबीच दोक्लम सीमा विवादमा रहेको तनाव अन्त्य हुने भएको छ। भारतीय विदेश मन्त्रालयले प्रेस स्टेटमेन्ट जारी गदै भारत तर चिनियाँ बीच कुटनीतिक संवाद भएको र संवादमा आफ्ना धारणा र चासोका विषय सम्बोधन गर्न सकेको जनाएको छ।
                                                                                                                                  फाइल फोटो

संवादकै आधारमा सीमामा सैनिकबीच जारी तनाव अन्त्य गर्ने सहमति भएको र दुवै सेना फर्किने प्रकृया सुरु भएको वक्तव्यमा जनाइएको छ। दुवै देशका सेना पछि हट्ने विदेश मन्त्रालयले जनाएको छ।
चीनले भुटानसँग जोडिएको सीमामा सडक बनाइरहँदा भारतीय सेनाले त्यसमा अवरोध गर्दै आएको थियो।

प्रतिक्रिया