Bisal Chautari Logo

फाइभ स्टारको जेल, सुन्दै पनि अपराध गरी त्यँहि जेलमा केैद भएर बसैँ बसैँ लाग्ने

- १२ भाद्र २०७४, सोमबार ०६:४७ मा प्रकाशित


five star jail
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र १२ सोमबार । फाइभ स्टार होटल भन्दा कमि छैन यो जेल । अष्ट्रियाको जस्टिस सेन्टर लियोबेन एउटा यस्तो जेल हो, जो आफ्नो भव्यता तथा सुविधासम्पन्नका कारण चर्चित छ ।
यो जेलको भवन हेर्दा अनि यसभित्र कैदीहरुलाई दिइने सुविधाको बारेमा जानकारी पाउँदा कतिलाई केहि अपराध गरेर त्यहीँ जेलमा कैदी भएर बस्न पाए हुँदोहो भन्ने लाग्नसक्छ ।
चर्चित आर्किटेक्ट जोसेफ होहेंसिन्नद्वारा तयार गरिएको उक्त जेल अष्ट्रियाको पहाडी इलाका लियोबेनमा रहेको छ । यो जेलको आधा भागमा अदालतमा पनि रहेको छ ।
यो फाइभ स्टार जेलमा २ सय ५ जना कैदी राख्ने व्यवस्था छ । कैदीहरुलाई कयौँ अत्याधुनिक सुविधाहरु प्रदान गरिन्छ, जस्तै स्पा, जिमखाना, विभिन्न खाले इन्डोर गेम तथा व्यक्तिगत रुची अनुसारका सुविधाहरु ।
यो जेलमा १३ जनासम्म कैदी एकै ठाउँमा जम्मा हुन पाउँछन् र आफ्नो कोठरी एकअर्कासँग शेयर गर्न पनि पाउँछन् ।
जेलको कोठरीहरु पनि निकै सुविधासम्पन्न छन् । हरेक कोठरीमा अलग अलग बाथरुम, एक किचेन तथा एक लिभिङ रुम तथा एक पूर्ण आकारको झ्याल बनाइएको छ । जसबाट कैदीले बाहिरको दृश्य हेर्न पाउँछ ।
यद्यपि यो जेल गम्भीर अपराधीहरुका लागि चाहीँ होइन । यो जेलमा यस्ता कैदीहरुलाई मात्र राखिन्छ जसले सामान्य खाले कसूरमा जेल सजायँ काटिरहेका हुन्छन् ।
यो जेललाई सुविधासम्पन्न बनाउनुको पनि कारण छ । ता की साना अपराध गरेर सजायँ काटिरहेका कैदीहरुले जेलभित्रको सुविधा भोग गरिरहँदा अपराधको बारेमा ठण्डा भएर सोच्न सकून् र सजायँ भुक्तान गरेर बाहिर निस्किसकेपछि एक सामान्य जीवन जीउन सकुन् ।

प्रतिक्रिया