Bisal Chautari Logo

राजदरबारमा खटिएका दुई प्रहरीमाथि चक्कु प्रहार

- १० भाद्र २०७४, शनिबार ०९:५७ मा प्रकाशित


Knife over  on two policemen
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र १० शनिबार । बेलायतको लण्डनस्थित बकिङघम राजदरबार गेट नजिकै एक जना युवकले चक्कु प्रहार गर्दा दुईजना प्रहरी घाइते भएका छन् ।
                                                                                                                                 फाइल फाटो

सुरक्षामा खटिएका प्रहरी नजिकै कारमा चक्कु बोकेर पुगेका युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आक्रमण गरेका थिए ।युवकले प्रहार गरेको चक्कु लागेर दुई जना प्रहरी सामान्य घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको बताइएको छ ।
घटना आतंकवादसँग सम्बन्धित रहे वा नरहेकोबारे अनुसन्धान भइरहेकाले अहिल्यै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया