Bisal Chautari Logo

१५० के.जीको समोसा , विश्वमै किर्तिमान राखे

- १० भाद्र २०७४, शनिबार ०८:१९ मा प्रकाशित


150 kg’s samosa keep the record of  the world
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र १० शनिबार । समोसाको तैल कति नै हुन्छ र लगभग एक पाउ हुन्छ । तर बेलायातको राजधानी लण्डनमा भने १५० के.जीको समोसा बानेको छ ।
पूरै १५ घण्टाको समय लगाएर तयार पारिएको छ। यो विश्वको सबैभन्दा ठूलो समोसा हो । बेलायतको राजधानी लण्डनमा बनाइएको उक्त समोसाले चर्चा बटुलिरहेको छ । नबटुलोस् पनि किन ? यो विश्वको सबैभन्दा ठूलो समोसा हो ।
पूर्वी लण्डनको एक मस्जिदमा यो समोसा बनाइएको छ । मुस्लिम समाजको सामुदायिक सेवासँग जोडिएको एक संगठनले यो समोसा बनाएको हो । समोसा बनाउन पूरै १५ घण्टाको समय लाग्यो । यो समोसा तयार पारेर पछि घरबार विहिन मानिसहरुलाई खानाको रुपमा वितरण गरियो ।
यो समोसा बनाउने क्रममा मस्जिदमै गिनिज बुक अफ वल्र्ड रेकर्डस्का कर्मचारी पनि उपस्थित भएका थिए । गिनिज अधिकारीका अनुसार समोसा बनाउन सबै नियमहरु विधिपूर्वक पालना गरिएको छ । समोसाको स्वाद चाखिसकेपछि गिनिज अधिकारीले उक्त समोसालाई विश्वकै ठूलो समोसाको उपाधि प्रदान गरे ।
स्मरण रहोस् यसअघि पनि सबैभन्दा ठूलो समोसाको किर्तिमान बेलायतकै नाममा थियो । सन् २०१२ मा बेलायतमै ब्रेडफोर्ड कलेजमा १ सय १० किलोको समोसा तयार पारिएको थियो ।

प्रतिक्रिया