Bisal Chautari Logo

साहिमा, राजेशपायललाई भन्छिन् –‘मेरो जन्म भएको लाग्छ तिम्रो लागी’ (फोटा तथा भिडियो सहित)

- २० बैशाख २०७१, शनिबार २०:२४ मा प्रकाशित


rajesh-payal-rai-and-sahima-shrestha
विशाल चौतारी समाचार 
छैमले, २०७१, बैशाख २१ आइवार । पछिल्लो समय निकै चर्चामा आइरहेकी गायिका साहिमा श्रेष्ठ, आधुनिक तथा पाश्र्व गायनका नम्बर एक अविवाहित गायक राजेशपायल राईलाई आफ्नो जन्म भएको बारेमा खुलासा गरेकी छिन् । साहिमाले आफ्नो जन्मको बारेमा बताउँदै गायक राजेशपायललाई भनेकी छिन्, 
‘यो संसार बनेको लाग्छ तिम्रो लागी
मेरो जन्म भएको लाग्छ तिम्रो लागी ।।’ 
उता अविवाहित नै रहेका गायक राजेशपायल राई भने गायिका साहिमाको यो शब्द सुनेर भनिरहेका थिए, ‘उसो भए के छ बाकी, भन तिम्रो लागी ।।’
rajesh payal rai 
प्रसंग थियो गायिका साहिमा श्रेष्ठको पछिल्लो एल्बम ‘मस्ति’को म्युजिक भिडियो सुटिङको । जहाँ यी माथिका शब्दहरु गीतको बोल रहेको थियो । समन अधिकारीले निर्देशन गरेको ‘यो संसार बनेको लाग्छ तिम्रो लागी’ बोलको म्युजिक भिडियोमा गायक राई र गायिका श्रेष्ठको सानो–सानो सिन रहेको छ । उत्त गीतमा चण्डिका प्रसाद काफ्लेको संगीत रहेका छ भने किरण केस ‘क्रोधी’को शब्द रहेको छ । 
पछिल्लो समय विभिन्न स्वदेशकै कन्र्सटहरुमा व्यास्त गायक राजेशपायल राई केही समयपछि वल्ड टुरका लागी चाडै अष्ट्रेलिया, फिनल्याण्ड, क्यानडा, मलेसिया, कोरीयाको लागी साङगीतिक भ्रमणमा निस्कदैछन् । उता गायिका श्रेष्ठपनि पछिल्लो समयमा विभिन्न साङ्गितिक कन्र्सटहरुमै व्यास्त रहेकी छिन् । 

 

video

प्रतिक्रिया