Deupa says Modi
विशाल चौतारी समाचार
नयाँदिल्ली, २०७४ भाद्र ८ बिहिबार । ८ वटा महत्वपूर्ण समाझदारीमा हस्ताक्षार गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको संविधान संशोधन गर्ने बचन दिएका छन् ।
प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा झण्डै आधा घन्टा कुराकानी भएको थियो । भेटमा दुई देशका विदेशमन्त्री र राजदूत समेत थिए ।
दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको देउवाले बताएका छन् । उनले भने ‘मलाई विश्वास छ, भविश्यमा बहुमत आउँछ र संविधान संशोधन गर्छौं ।’
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले दुई चरणमा स्थानीय चुनावको स्वागत र्गदै सबैसँग सम्वाद गरेर सबैको आकांक्षा समाहित गरी संविधान सफलतापूर्वक लागू गर्ने विश्वास गरे ।
मोदीपछि लगातै सम्बोधन र्गदै देउवाले भने सरकारले संविधान सबैको स्वीकार बनाउन चाहेको बताए । ‘हामीले संविधान संशोधन गर्ने प्रयास र्गयौं । तर, संसदमा दुई तिहाई बहुमत र्पुयाउना सकेनौं र संशोधन हुन सकेन । म आशा गर्छु कि भविश्यमा दुई तिहाई पुग्छ र संविधान संशोधन हुन्छ । र, सबैले संविधान स्वीकार गर्छन् ।’ उनले संविधान संशोधन नभएपनि राजपा चुनावमा जान सहमत भएको बताए ।
प्रतिक्रिया