Bisal Chautari Logo

‘काँतर हुनुभन्दा मर्नु राम्रो’ नारा सहित दोक्लाम पुगे गोर्खा सैनिक

- ७ भाद्र २०७४, बुधबार ०९:४७ मा प्रकाशित


Gorkhe  Army reached Doklam
विशाल चौतारी समाचार
भारत, २०७४ भाद्र ७ बुधबार । ‘काँतर हुनुभन्दा मर्नु राम्रो’ नराकोसाथ गोर्खा सैनिक दोक्लाम पुगेको छ । पछिलो समया धेरै चर्चामा आएको भरत र चिनबीचको विवादित क्षेत्र दोक्लाममा गोर्खा सैनिक खटाइयो हो । गोर्खा राइफल्सको नारा ‘काँतर हुनुभन्दा मर्नु राम्रो’ रहेको छ ।

भुटान र चीनबीच बिबादमा रहेको दोक्लाममा भारतीय सेना खटिएको थियो । हाल उक्त क्षेत्रमा भारतीय गोर्खा सैनिक पनि खटिएका छन् ।
गोर्खा राइफल्सको हेडक्वार्टरबाट भारतले चौथो बटालियनका सैनिक चीन–भूटान सीमाक्षेत्रमा परिचालन गरेको छ । उक्त राइफल्स अन्तर्गत ६ बटालियन छन् ।
भारतीय गोर्खा राइफल्सका पूर्व कमाण्डसमेत रहेका पूर्व मेजर जनरल अशोक मेहताले तीन चारदिन अघि गोर्खा राइफल्सका सैनिक त्यहाा खटिएको जानकारी दिएका छन् । ‘फौज अदलीबदलीका क्रममा गोर्खा राइफल्स अन्तर्गत चार बटालियनको फौज त्यहाा पठाइएको छ । त्यसमा नेपालीहरु पनि छन्” जनरल मेहताले भने ।
यो राइफल्सका सैनिकले बेलायतका तर्फबाट पहिलो र दोस्रो विश्वयुद्ध तथा भारतका तर्फबाट पाकिस्तानसाग कार्गिल युद्ध, चीनसागको सीमायुद्ध, भूटानसागको युद्धमा पनि खटिएका थिए।
भारतका ७ वटा गोर्खा रेजिमेन्ट अन्तर्गतका ३९ बटालियनमा नेपालीहरु कार्यरत छन् । ‘५० जनाजति गोर्खा सैनिक पल्टन अदलीबदलीका क्रममा अहिले दोक्लाम क्षेत्रमा परिरचालित भएका छन् । यो उनीहरुको नियमित ड्युटी हो’ पूर्व जनरल मेहताले भने । उनले राजनीतिकरुपमा नेपालको तटस्थ अडान बाध्यम रहेको अर्थमा भारतले बुझेको र यसबाट सम्बन्धमा केही फरक नपर्ने पनि मेहताले बताए ।

प्रतिक्रिया