Anoml Kc star of the year GLOBAL NEPALI FILM AWARD
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र ६ मंगलबार । नेपाली चलचित्र क्षेत्रमा मात्र नभएर छिमेकी देशमा समेत चर्चामा आउने गरेका युवा स्टार हुन्, अनमोल केसी । अनमोलको चर्चा चलचित्र आउदा मात्र होइन, अन्य समयमापनि हुने गरेको छ ।
यस्तै चर्चा अहिले सामाजिक सञ्जालमा भइरहेको छ । अभिनेता अनमोलको अहिलेको चर्चा उनको लुक्स, या चलचित्रको कारण होइन, संस्कार, अनी सम्मानको कारण भएको हो ।
केही दिन अगाडी अमेरिकामा आयोजना भएको दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘उत्कृष्ट नायक’को अवार्ड उचाले । पिता भुवन केसीको हातमा अनमोलले अवार्ड ग्रहण गरेका थिए । अवार्ड लिने बेला अभिनेता अनमोलले आफ्ना पिताका सामु घुडा टेकेर अवार्ड लिएका थिए । सो तस्बिर अहिले सामाजिक सञ्जाल फेसबुकमा हिट भइरहेको छ ।
चलचित्र होस्टेल, जेरी, ड्रिम्स र गाजलु गरी लगातार ४ सिनेमा हिट दिएर दर्शकमाझ चर्चित अभिनेता अनमोल आमा सुस्मिता केसीबाट ५ वर्षकै उमेरमा छुट्टिएर पिता भवन केसीसगै बस्दै आएका छन् । अनमोलले गरेको संस्कारका कारण अहिले नेपाली चलचित्रकर्मी र उनका फ्यानहरुले तारिफयोग्य काम गरेको भन्दै समिक्षा गरेका छन् । साथै यो तस्बिर उनका सबै दर्शकले यो तस्बिरलाई सियर गरिरहेका छन् ।
अनमोलले फिल्म गाजलु’बाट ‘स्टार अफ द इयर’को अवार्ड उचालेका थिए । अभिनेता अनमोल नया चलचित्र ‘कृ’ को छायाकन रहेका छन् ।
प्रतिक्रिया