Chanda Dewan song Ali Ali Ft. Alisha Rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र ६ मंगलबार । गायिका चन्दा देवनले ‘अली अली’ बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । लोक शैलीको यो गीतमा मोडल एलिसा राइको नृत्य हेर्न सकिन्छ ।
छोरीले आमाको सामु अभिव्यक्त गरेका भावनालाइ नृत्यको माध्यमबाट निर्देशकले भिडियोमा देखाउन खोजेका छन् । विदुर खतिवडाले यो भिडियोको निर्देशन गरेका हुन् । उमेरसँग छोरीमा आएका चाहना र रहरहरुलाइ गीतमा चन्दाले उल्लेख गरेकी छिन् । चेतन बाराकोटीले लेखेको गीतमा सचिन सिंहको संगीत छ । सुदिप बरालको छायांकन, राजिव समरको कोरियोग्राफी रहेको यो गीतलाइ नगरकोटमा छायांकन गरिएको हो । गायिका चन्दाले यो आमा–छोरीको गीत भएको बताइन् ।
Vocal : Chanda Dewan
Lyrics: Chetan Barakoti
Music / Arrange : Sachin Singh
Artist: Alisha Rai / Yumi Baral
Camera: Sudip Baral
Edit / DI: Tekendra Shah
Choreography: Rajiv Samar
Direction: Bidur Khatiwada
Location: Club Himalaya, Nagarkot
प्रतिक्रिया