Bisal Chautari Logo

एसीसी प्रिमियर लिग:मा नेपाल ओमानसँग २ विकेटले पराजित

- २१ बैशाख २०७१, आईतवार ०९:३७ मा प्रकाशित


क्वालालम्पुर, २०७१, बैशाख २१ आइवार । 
nepal-vs-oman-2014-cricket
२१ बैशाख, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल ओमानसँग पराजित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङगोर टर्फ मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग २ विकेटले पराजित भएको हो ।नेपालले दिएको १ सय ५८ रनको चुनौति ओमानले ४७ दशमलब ५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभरमा अलआउट हुँदै नेपालले १ सय ५७ रन जोडेको थियो । खराब शुरुवात गरेको नेपालका ओपनर सुवास खकुरेल खाता नै नखोली पवेलयिन फकिर्ए । ज्ञानेन्द्र मल्लले ६ चौकासहित २६ रन हानेर आउट भए । त्यसपछि कप्तान पारस खड्का ६ रनमा आउट हुँदा मेहबुब आलम पनि क्रिजमा जम्न सकेनन् । मेहबुबले ५ रनमात्रै बनाउन सके । मध्यक्रमका ब्याट्म्यान पनि क्रिजमा जम्न सकेनन् नेपालका चारजना ब्याट्सम्यान दोहोरो अंकै नजोडि आउट भए ।
Nepali-National-Cricket-team
मध्यक्रमका ब्याट्सम्यान शरद भेसवाकर लामो सयम क्रिजमा जमेपनि सुस्तगतिमा रन बनाए । उनले ६१ बल खेल्दै १६ रनमात्र बनाए । बिनोद भण्डारी १० रन बनाएर क्याच आउट भए । अन्तिमक्रममा ब्याटिङमा आएका बसन्त रेग्मी पनि ६ रन जोडेपछि क्याच आउट भए । लगातार विकेट गुमाएको नेपालका लागि शक्ति गौचन २८ बल खेल्दै १५ रन बनाएको अवस्थामा क्याच आउट भए । अन्तिमक्रममा सागर पुनले २० रन जोडे भने सोमपाल कामी २१ बलमा ११ रन जोड्दै नटआउट रहे । ओमानका लागि अमीर कलिमले ३६ रन खचिँर्दै ४ विकेट लिए । त्यसैगरी एजे ललचेतर जेसन मक्सुदले २र२ विकेट लिए । राजेशकुमार र अमिर अलिले १ र १ विकेट लिए । अनलाइन खबर साभार 
ad

प्रतिक्रिया