Padam Rai new song cover song competition
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र २ शुक्रबार । युवामाझ पछिल्लो समय उदाउदै गरेका गायक पदम राईको ‘फुल टिपे काडा बनको’बोलको गीत कभर प्रतियोगितामा १५० भन्दा बढी प्रतियोगीहरुबाट ३० जना छनौट गरिएको छ ।
१५० प्रतिस्पर्धीहरुबाट टप ३० छनौट निर्णायकहरु गायक तथा संगीतकार बिनोद खम्बु र गायक बिक्रम राईले गरेका छन् । साङ्गीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपको पहिलो अभियान तथा रुबुशा क्रियटिभ वर्कको आयोजनामा भइरहेको ‘अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’मा छनौट भएका १५० गीतहरुबाट ३० प्रतिस्पर्धिहरु छानिएको हो ।
छनौट भएका ३० प्रतिस्पर्धीहरुको नाम : बिरेन्द्र सुनुवार, बसन्त दुखुम राई, सुमन श्रेष्ठ, अमृत कुरुङवाङ, राज खिम्दिङ लिम्बु, बसन्ती लिम्बु, पासा गुरुङ, अमर तामाङ, आलम राई, रेशु कुलुङ राई, गणेश बराईल, लाल बहादुर सुनुवार, बिजय लिम्बु, बिकास थापा, धन बहादुर गुरुङ, बिमल सिगु लिम्बु,ु संगित खिम्दीङ लिम्बु, विकाश राई, उपेन्द्र राई, हर्का भट्टराई, प्रविन राई,शिशिर राई, यम कुमार सुनुवार,योगेन्द्र चाम्लिङ राई, इङ्सो लिम्बु, सन्तोष लामा, सन्तोस रसाइली मदन लिम्बु, मिन राज राई
छनौट भएका ३० प्रतिस्पर्धिहरुले गायक पदम राईकै गीत ‘तिमिलाई देखेपछी’ बोलको गीतबाट बिजेताहरु छानिनेछन् । ‘अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’मा प्रथम हुनेलाई ५० हजार नगद पुरस्कार राखिएको छ । त्यस्तै दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार उपलब्ध गराइने साङ्गीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपले बताए । विजताहरुको घोषण कार्यक्रम असोज पहिलो हप्ता हुनेछ ।
यस प्रतियोगिताको प्रायोजकहरुमा मनकुमार सामपाङ राई(मलेसिया), राज मादिहाङ(दुबइ), बाबु राई(मलेसिया), सन्जु लिम्बु, पुर्ण खालिङ राई, लब्ली सुजु साम्पाङ राई, गंगा राई, बिष्णु पोल्माछा चाम्लिङ(मलेसिया) लगायत रहेका छन् ।
‘फुल टिपे काडा बनको’बोलको गीत विनोद खम्बुको शब्द संगीत रहेको छ भने दोस्रो गीत ‘तिमिलाई देखेपछी’को शब्द निर्मला बिक, संगीत विनोदकै रहेको छ ।
प्रतिक्रिया