Bisal Chautari Logo

नेपाल र चीनबीच तीन वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

- ३१ श्रावण २०७४, मंगलवार ०९:२१ मा प्रकाशित


Three important agreements were signed between Nepal and China
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण ३१ मंगलबार । आज सोल्टी होटलमा भएकोमा नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा नेपाल र चीनबीच तीन वटा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । साथै चीन भूकम्पपछि बन्द गरिएको तातोपानी नाका खोल्न सकारात्मक देखिएको छ ।
Nepal-China

नेपाल भ्रमणमा रहेका चिनियाा उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाा प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच द्विपक्षीय वार्ता भएपछि समझदारीमा हस्ताक्षर भएको हो ।
वाङ, गच्छदारका साथै उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा अर्थसचिव शान्तराज सुवेदी र चिनियाा वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर गरे ।
अर्थसचिव सुवेदीका अनुसार भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाा आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।
यसमा १५ अर्ब नेपाली रुपैयाा थप सहायता आउनेछ । यो रकम अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गरिनेछ ।
यस्तै, पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ । सवा २ अर्ब रुपैयााको यो सम्झौताको समयावधि तोकिएको छैन ।
नेपालमा चिनियाा निजी क्षेत्रको लगानी भित्र्याउन वातावरण बनाउने सम्वन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । ‘यो अम्ब्रेला एग्रिमेन्ट हो,’ अर्थसचिव सुवेदीले भने, ‘पूर्वाधार विकासका क्षेत्रमा चिनियाा निजी क्षेत्रको लगानी भित्र्याउन के(के गर्न सकिन्छ यसमा फ्रेमवर्क एग्रिमेन्ट भएको छ ।’
सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने सरकारी योजना छ । यो सम्झौता निकै महत्वपूर्ण भएको सचिव सुवेदीले बताए ।
द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन विशेष आग्रह गरेको थियो । यसमा चिनियाा पक्षले त्यसमा सैद्धान्तिक सहमति जनाएको छ ।
अर्थसचिव सुवेदीले भने, ‘तातोपानी नाका हाम्रो प्राथमिकताको नाका हो र, हामीले खोल्नुपर्छ भनेर पटक(पटक आग्रह गरेका छौं । आजको वार्तामा पनि तातोपानी नाका खोल्न चाइना सरकारले सकारात्मक रुपमा लिएको पाएका छौं ।’
तातोपानी नाका दुई देशकै लागि रणनीतिक व्यापारिक मार्ग भएकाले खोल्नुपर्छ भन्नेमा दुई देशबीच सैद्धान्तिक सहमति भएको अर्थसचिव सुवेदीले बताए ।

प्रतिक्रिया