Bisal Chautari Logo

गर्भवस्था हुदा कुन महिनामा के गर्ने

- ३१ श्रावण २०७४, मंगलवार ०७:३७ मा प्रकाशित


What does the woman do when she is pregnant?
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण ३१ मंगलबार । जब गर्भ रहन्छ, खानपान र जीवनशैलीमा सर्तकता अपनाउनै पर्छ । किनभने गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने शैली सबैको प्रभाव गर्भको बच्चामा पर्छ । pregnant women                                                                                                                                फाइल फोटो

त्यसैले स्वस्थ्य एवं सन्तुलित खानपान गर्नु, खुसी एवं प्रशन्न रहनु, सक्रिय हुनु, सकारात्मक सोच्नु हुन जरुरी छ। सामयामा सुत्ने,उठ्ने, खाने तालिका नियमित गर्नु अपरिहार्य छ, खास गरी गर्भावस्थामा ।
गर्भ रहेदेखि महिलाको शरीरमा विभिन्न प्रतिक्रिया देखिन थाल्छ । हर्मोनको असन्तुलनले केही समस्या पनि निम्त्याउाछ । त्यसैले यी सबै कुराको जानकारी लिएर कुन अवस्थामा के गर्ने भन्ने ज्ञान हुन आवश्यक छ ।
गर्भावस्थाको प्रारम्भिक लक्षण
– महिनावरी महिना चक्रक्रम रोकिनु
– चक्कर लाग्नु
– वान्ता हुनु
– कहिले कहीा ज्वरो पनि आउन सक्छ
– सुरुवाती दिनमा हर्मोनल परिवर्तनको कारण केही शारीरिक समस्याहरू देखापर्छ
के गर्ने ?
– कुनै पनि भार उठाउनमा परहेज गरौा
– व्यायाम पनि त्यति नगरौा, जो चिकित्सकले भनेका छन्
– ताजा र पौष्टिक भोजन सेवन गरौा, ताकि बच्चालाई पूर्ण रूपमा पोषण मिलोस्
– आफुनो भोजनमा पत्तेदार सब्जी, दूध र दुधजन्य पदार्थ सामेल गरौा
– भिटामिन(सिले भरपुर पदार्थ लिनुहोस् ।
– दिनमा कम्तीमा ६/७ गिलास पानी पिउनुहोस् ।
दोस्रो महिना
– सबै गर्भवतीमा एकै किसिमको लक्षण नदेखिन सक्छ ।
– थकान लाग्ने, चक्कर लाग्ने हुन्छ । धेरै पटक पिसाब लाग्न सक्छ ।
– झर्को लाग्न सक्छ ।
के गर्ने ?
– यस समयमा मदिरा, ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा बस्नुहुन्न । आफ्नो मर्जी अनुसार कुनै पनि औषधी सेवन नगर्ने ।
– आफ्नो खानेकुरामा प्रोटिन, क्याल्शियम, कार्बोहायड्रेट, ताजा फल आदि सामेल गर्नुहोस् ।
– यति बेला हल्का थकान लाग्नसक्छ, त्यसैले पर्याप्त आराम लिनुहोस् ।
तेस्रो महिना
– यस अवधिसम्म आइपुग्दा तपाईाको गर्भ निकै परिपक्क भइसकेको हुन्छ । विगतमा जस्तो समस्या वा खतरा हुादैन । भ्रुण तीव्र रूपले विकास हुन थाल्छ । योनीश्राव बढ्न सक्छ । कब्जियत हुनसक्छ । यति बेला तपाईाको गर्भवती पेट देखिन थाल्छ ।
के गर्ने रु?
– बच्चाको तौलको बढेकाले कम्मरमा पीडा हुनसक्छ । त्यसैले गह्रौं बस्तु उठाउन हुन्न । फ्ल्याट जुत्ता लगाउनुपर्छ । आरमले बस्नुपर्छ ।
– पर्याप्त मात्रामा क्याल्शियमको सेवन गर्ने, हल्का व्यायम गर्ने ।
चौथो महिना
यति बेला गर्भको बच्चा चल्न थालेको महसुस हुन्छ । गर्भाशय बढ्न थाल्छ । थकान लाग्न सक्छ, कब्जियत हुनसक्छ । पेट फुल्ने समस्या पनि देखापर्छ । भोक लाग्छ । सफा योनीश्राव हुन्छ ।
के गर्ने ?
– तपाईाको छाला र मांसपेशी गर्भस्थ शिशुको समायोजित गर्नका लागि फैलन सुरु गर्छ । त्यसैले खुला एवं हल्का पहिरन लगाउने ।
– तरल पदार्थ पिउने । सब्जी र फलफुल सेवन गर्ने ।
– यति बेला डेढ देखि दुई किलोसम्म तौल बढ्न सक्छ, चिन्ता नगरौ ।
पााचौ महिना
तपाईाको गर्भमा तीव्र रूपमा शारीरिक परिवर्तन हुन्छ । बच्चा सक्रिय हुन थाल्छन् । बच्चाले खुट्टा चलाएको महसुस गर्न सकिन्छ । यति बेला थकान लाग्ने, पेट फुल्ने, भोक लाग्ने, सास लिन गाह्रो हुने, कम्मर दुख्ने समस्या हुनसक्छ ।
के गर्ने ?
– आरमदायक ढङ्गले बस्ने । सन्तुलित भोजन लिने ।
– मुलायम पहिरन लगाउने ।
– मनलाई प्रशन्न राख्ने । मनमा चिन्ता नलिने । कुनै भय नलिने । किनभने यसको नराम्रो असर गर्भको बच्चामा पर्न सक्छ ।
– बिहान बेलुकी टहल्ने ।
– अचानक उठ्ने वा बस्ने नगरौ । कुनै पनि काम गर्दा बिस्तारै गर्ने ।
– भोग लाग्नु स्वभाविक हो, तर जंक फूडको सेवनबाट बचौं ।
छैठौं महिना
यति बेला शरीरको तौल तीव्र रूपमा बढ्न थाल्छ । शरीरको तापमान बढ्न सक्छ । स्तनको आकार बढ्छ र निप्पलमा कालो घेरा लाग्न सुरु गर्छ । पेटमा हलका पीडा हुन सक्छ ।
के गर्ने ?
– यसबेला आरम गर्नु निकै महत्त्वपूर्ण हुन्छ । सही मुऽामा आरम गर्ने ।
– खुट्टा सुन्निने सम्भावना भएको धेरै समय खुट्टा झुन्ड्याएर नबस्ने । सुतेको बेला खुट्टामा सिरानी राख्ने ।
– गहिरो सास लिने र छाड्ने अभ्यास गर्ने । पौष्टिक आहारा लिने ।
– अधिक मात्रामा पेय पदार्थ लिने ।
सातौ महिना
भ्रुणको विकाससागै तपाईाको शरीरमा रगतको आवश्यक्ता पर्न थाल्छ । त्यसैले रगत बनाउने खाद्य पदार्थ सेवन गर्नुपर्छ । स्तन कोलेस्ट्रम नामक एक सफा तरल पदार्थ चुहिन सक्छ । कम्मर दुख्ने र सास बढ्ने समस्या देखापर्छ ।
के गर्ने ?
– आफ्नो अन्तिम तेस्रो महिना चिकित्सकको सम्पर्कमा रहने ।
– मनमा भय र चिन्ता नलिने ।
– खानपान र जीवनशैलीमा सन्तुलन ल्याउने ।
– आरम गर्ने ।
आठौा महिना
गर्भावस्थाको आठौा महिना आफ्नो स्वास्थ्यप्रति एकदमै सर्तक हुनुपर्छ । गर्भ र आफ्नो शारीरिक संरचनामा धेरै परिवर्तन हुन सक्छ । यति बेला गर्भको बच्चा पनि उर्जावान भइसकेका हुन्छन् ।
के गर्ने ?
– पानी, फल र रसको सेवन गर्ने ।
– मसलेदार वा एसिडयुक्त भोजना सेवन नगरौ ।
– नकारात्मक बिचार त्याग्नुपर्छ । नकारात्मक स्थानमा बस्नु हुादैन ।
– जति सकिन्छ, शान्त भएर बस्ने
नवौा महिना
गर्भावस्थाको यो महिना पूर्ण अवधि मानिन्छ । कुनै पनि समयमा तपाईामा प्रसव पीडा हुन सक्छ । शारीरिक एवं मानसिक रूपले आफूलाई तयार राख्नुपर्छ ।
के गर्ने ?
– प्रसवको समयमा लगाउनका लागि आरमदायक पहिरन तयार गर्ने ।
– नवजात शिशुको लागि आवश्यक सामग्री खरिद गर्ने ।
– प्रसुती गृह एवं अस्पतालको पायक पर्ने स्थानमा बस्ने । यातयातको व्यवस्था गर्ने ।
केही जानकारी
– नियमित रूपमा स्वास्थ्य जााच गराउनुपर्छ । सास लिन गाह्रो भएको वा अन्य कुनै अवरोध छ भने चिकित्सकको निगरानीमा बस्नैपर्छ ।
– चुरोट, मदिरा आदिको सेवन नगरौं, जसले गर्भको बच्चालाई सोझो असर पर्छ । मदिराले बच्चाको शरीर एवं मस्तिष्क कमजोर हुन्छ । गर्भधारणपछिको पहिलो वा छ सप्ताहको समय बच्चाको शारीरिक रचनाका लागि एकदमै महत्त्वपूर्ण हुन्छ । त्यसैले यसबेला त्यस्ता खानेकुरा सेवन नगरौ, जसले गर्भको बच्चामा नराम्रो असर गर्छ ।
– गर्भधारण गर्नअघि नै महिलाले सन्तुलित भोजन गर्नुपर्छ । खानामा अधिक मात्रामा हरियो सब्जी, सलाद, दाल, दूध, पनिर फल लाभदायक हुन्छ ।
– आफ्नो शरीरलाई चुस्त, सुडौल र स्वस्थ्य बनाइराख्न बिहान हल्का व्यायाम गर्नुपर्छ । केही समय टहल्नु पर्छ । बिहान टहल्नाले दिनभर थकान अनुभव हुादैन ।
– गर्भधारणपछि मानसिक शान्तिका लागि मनोरञ्जन, ध्यान, धार्मिक कार्यक्रममा सहभागी हुनु राम्रो हो ।
– गर्भधारणका लागि २१ वर्ष उमेर पुगेको राम्रो हो भने ३५ वर्षभन्दा कम उमेरको हुनुपर्छ

प्रतिक्रिया