Bisal Chautari Logo

गायक खेमराजलाई सम्झिदै राजेशपायल ‘भक्कानिएपछि’ || वार्षिक स्मृतिमा स्रष्ठा सम्मानित

- ३१ श्रावण २०७४, मंगलवार ०७:२४ मा प्रकाशित


rajesh payal rai crying
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण ३१ मंगलबार । स्व. गायक खेमराज गुरुङको प्रथम वार्षिक स्मृतिको अवसरमा सोमबार खेमराज गुरुङ ट्रष्टले गरेको कार्यक्रममा जव स्टेजमा गायक राजेशपायल राईलाई गाउन निम्त्याइयो त्यसपछि भने माहोल एकाएक शोकमा डुबेको थियो । आफू र खेमराज अत्यन्तै मिल्ने साथी भएको स्मरण गर्दै उनी भक्कानिएपछि कार्यक्रममा सहभागी सबैको आखा रसाएको थियो ।
rajesh payal rai cryingस्व. गायक खेमराज गुरुङको प्रथम वार्षिक स्मृतिको अवसरमा सोमबार खेमराज गुरुङ ट्रष्टले वरिष्ठ गीतकार रत्नशम्शेर थापालाई नगद ५० हजार रुपैयासहित ‘खेमराज गुरुङ संगीत सम्मान’ प्रदान गरेको छ।
राजाधानीमा एक समारोहबिच ‘ए कान्छा ठट्टैमा यो वंश जान लाग्यो’लगायत दर्जनौं कालजयी गीतका सर्जक थापालाई सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै उनले भने, ‘खेमराज गुरुङ ट्रष्ट गठन गरेर उनका सिर्जनालाई जोगाउने प्रयास सह्राहनीय छ ।’
त्यस्तै, नवप्रतिभालाई प्रोत्साहित गर्न ट्रष्टले ‘खेमराज गुरुङ नवप्रतिभा पुरस्कार’समेत स्थापना गरेको छ। यस वर्ष पुरस्कार अहिलेकी चर्चित गायिका मेलिना राईलाई प्रदान गरिएको छ। पुरस्कारको राशी नगद २० हजार रुपैयाा रहेको छ।
melina rai sammanखेमराज गुरुङका संगीत गुरुसमेत रहेका संगीतकार प्रकाश गुरुङले खेमराजको असामयिक अवसान नेपाली संगीत क्षेत्रलाई ठूलो क्षति भएको बताए। कार्यक्रममा भविन ढुंगाना, भीषण कुमारुङ, अशोक मुकारुङलगायतले खेमराजका गीतहरू गाएका थिए।
rajesh payal rai crying-1कार्यक्रममा ट्रष्टका उपाध्यक्ष खेमराज गुरुङकी दिदी चञ्चला गुरुङले भाइको स्मरणमा परिवारका सदस्यहरूले मिलेर ट्रष्ट स्थापना गरेको बताइन्।
२०३३ साल माघ १ मा संखुवासभाको खाादबारीमा जन्मिएका खेमराज गुरुङ सानैदेखि सांगीतिक क्षेत्रमा लागेको भए पनि २०५७ सालमा प्रकाशित जीवन भाग–२ मा समावेश ‘वारी जमुना, पारी जमुना’पछि चर्चाको चुलीमा पुगेका थिए । उनका एक दर्जन गीति एल्बम बजारमा छन् भने उनका ढाक्रे गीति संग्रह पनि प्रकाशित छन्।
खेमराजको गत वर्ष निधन भएको थियो ।

प्रतिक्रिया