The thief stole such a thing without thinking
एजेन्सी
काठमाडौा, २०७४ श्रावण ३१ मंगलबार । चोरल केही चिज चोर्यो भने पिर पर्छ, सातो पुत्लो उड्छ । तर आयरल्याण्डकी लीसा कोएनलाई भने आफ्नो चिज चोरी हुादा समेत त्यस्तो कुनै दुख लागेन । उल्टै मज्जा आयो ।
राजधानी डब्लिनमा ट्रामबाट यात्रा गरिरहेको बेला चोरले उनको यस्तो चिज चोर्यो की उनलाई रिस उठेन, उल्टै हाासो उठ्यो ।
वास्तवमा चोरले उनको गोजीबाट रजस्वला हुादा लगाउने प्याड चोरेको रहेछ । जब चोरले उनको गोजीबाट झिकेको चिज रजस्वला हुादा लगाउने वस्तु हो भन्ने थाहा पायो, ऊ मनमनै निकै लज्जित भएछ । त्यसपछि उसले त्यो वस्तु पुन: लिसाकै गोजीमा राखिदिने कोसिस गर्यो । तर त्यसबेला सम्म लिसाले आफ्नो प्याड चोरले चोरिसकेको र चोरले पुन: आफ्नो गोजीमा राखिदिने प्रयास गरिरहेको पत्तो पाइसकेकी थिइन् ।
ट्राममा उक्त चोरलाई उनले के भनिन् भन्ने त खुलाएकी छैनन् । तर उनले पछि यसबारेमा खुलासा गर्दै ट्विट गरेकी छिन् । ट्विटमा उनले लेखेकी छिन्: त्यस चोरका लागि मैले प्रार्थना गर्दछु जसले पकेटमारी गरेर मेरो ट्याम्पोन निकाल्यो अनि लज्जित महसुस गर्दै पुन: मेरो गोजीमै राखिदिने कोसिस गर्न थाल्यो ।
उनले अगष्ट ६ मा गरेको उक्त ट्विट निकै चर्चित बनेको छ । ८ हजार भन्दा धेरैले रिट्वीट गरेका छन् भने झण्डै ३५ हजारले लाइक गरेका छन् ।
लिसाले यस्तो ट्वीट गरेपछि अन्य ट्विटेहरुले पनि चोरीमा परेको आफ्नो अनौठो अनुभव शेयर गर्न थाले । त्यसमध्ये एक महिलाले लेखेकी छिन्: जब मैले मेरो बच्चालाई ट्याक्सीबाट झार्दै थिएा तब मेरो ब्याग चोरी भयो । हामी घर फर्किरहेका थियौा र उक्त ब्यागमा प्रयोग भैसकेका न्यापकिन मात्र थिए ।
एक अर्की महिलाले लेखेकी छिन्: मेरो एकजना विद्यार्थीले मेरो झोलाबाट रिवार्ड स्टिकर चोरी गर्ने कोसिस गरेको थियो तर उसले रजश्वला हुादा प्रयोग गर्ने सामान हात र्पायो ।
अर्का एकजना व्यक्तिको अनुभव अझै गज्जबको रहेछ । उनी भन्छन्: मेरो भाइको साथीले झोलामा दिसाको नमूना लिएर ल्याब जाादै रहेछ । बाटोमा एकजना चोरले उसको हातबाट झोला खोसेर बाइकमा चढेर फरार भएछ ।
प्रतिक्रिया