Barsha Karmacharya (K-Rain) new song music video Aakash Ko Tara
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण ३१ मंगलबार । २ वर्ष अगाडी नेपाली गीतसंगीतलाई नियाल्दा युवा पुस्ताले रुचाएको एक गीत थियो ‘विस्तारै विस्तारै’ । यो गीतको सफल्तासंगै वर्षा कर्माचार्यको नामको अगाडी थपिएको उप–नाम थियो, सफल गायिका वर्षा कर्माचार्य । उनै गायिका कर्माचार्यले नयाँ गीतसहित म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
भर्सस्टाइल गायिका वर्षा कर्माचार्यले केही दिन अगाडी मात्र आफ्नै युट्युव च्यानल मार्फत ‘आकाशको तारा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । पछिल्लो समय चलचित्रमा निकै ब्यास्त रहेका संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा समावेश रहेको गीतलाई एरेञ्जपनि हरकुलिशले नै गरेका छन् ।
हाल अमेरिकामा रहेकी गायिका वर्षा पहिलो गीतलाई जस्तै यो गीतलाई पनि दर्शकले मनपराउने आसामा रहेको बताइन् । वर्षाले भनिन,‘–म सधै आफ्नो गीतमा दर्शकलाई केही फरकपन दिन खोज्छु । यो गीतमापनि मैले दर्शकलाई नयाँपन दिन खोजेकी छु’, गायिका वर्षाले बताइन् ।
विशाल चौतारीसंग कुराकानी गर्दै गायिका वर्षाले विदेशमा बसेरपनि नेपाल र नेपाली गीत,संगीत कलालाई धेरै माया गर्ने बताउछिन् । उनी भन्छिन्, ‘नेपाली साङ्गीतिक क्षेत्रलाई सधै योगदान गर्दै, विश्वमा नेपाली गीतलाई माथि पुर्याउने सोच रहेको छ ।’
धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयंम गायिका वर्षासंगै शिव गुरुङ फिचरिङ छन् । यस म्युजिक भिडियोमा मेकअप र कारियोग्राफीपनि गायिका वर्षाले नै गरेकी छिन् । प्रकाश राईको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा गायिका वर्षाको गायनसंगै अभिनयपनि उत्कृष्ट रहेको छ ।
Song: Aakash Ko Tara
Lyricist & Composer: Hercules Basnet
Arranger: Hercules Basnet
Mixing: Brijesh shrestha
Singer: Barsha Karmacharya (K-Rain)
Actor: Shiv Gurung
Makeup artist & choreographer: Barsha Karmacharya
Cinematographer: Prakash Rai
Cam OP: Prakash Rai
Director & Editor: Dhiraj Adhikari
Special thanks to:
Shiv and Bebash family, Meiyu, Mohit Gurung,
Sabina Khadka, Mahashush Gauchan
प्रतिक्रिया