priyanka karki, deepak raj giri, pooja sharma help flood victims
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण ३० सोमबार । अविरल बर्षाका कारण देशका विभिन्न ठाउमा कयैले ज्यान गुमाएका छन् । कति बेपता छन् । र सयै घरपरिवार विस्थापित भएका छन् ।
बाढी पीडितका लागि हास्य अभिनेता दीपकराज गिरी र अभिनेत्री पूजा शार्माले एक–एक लाख रुपैया सहयोग घोषणा गरेका छन् ।
हास्य अभिनेता दीपकराज गिरीले फेसबुक मार्फत आफ्नो सहयोगको बारेमा जानकारी गराउदै फेसबुकमा लेखेका छन्, : यो पिडा लाइ आफ्नै पिडा सम्झौ ब्यक्तिगत रूपमा रू १ लाख सहयोगको घोषणा गर्दछु ।’
त्यस्तै अभिनेत्री पूजा शर्माले फेसबुक मार्फत आफ्नो सहयोगको जानकारी गराउदै फेसबुकमै लेखेकी छिन्, ‘फेसबुकमा पानीले बगाएका बस्ती हेर्दा मन चिरिन्छ । जतिसक्दो चाडो बाढी प्रभावित क्षेत्रमा पुग्न मन छ तर निर्दयी मौसमले साथ दिइरहेको छैन । ड्राइफुड र लत्ताकपडा जम्मा गरिरहेकी छु । मिल्ना साथ सप्तरी पुग्छु ।
व्यक्तिगत तर्फबाट १ लाख सहयोग गर्दैछु । अरु धेरै सहयोगी हातहरुको खाचो छ अहिले ।
चलचित्र निर्देशकसमेत रहेकी हास्य कलाकार दीपाश्री निरौलाले मोरङ समाजमार्फत ५१ हजार रुपैया प्रदान गर्ने घोषणा गरेकी छन् । अभिनेत्री प्रियंका कार्कीले पनि तराईका बाढी पीडितका लागि ५१ हजार रुपैया दिने घोषणा गरेकी छन् । उनले उद्दार र राहतमा सरकारले ढिलाइ गरेको भन्दै आलोचना गरेकी छन् ।
अभिनेत्री प्रियंकाले आफ्नो फेसबुकमा लेखेको छिन्, ‘मेरो पुर्खौली घर धरानमा पर्छ । बिहे गरेर फुपु झापा पुग्नु भएको छ । काका काकीको घर बिराटनगरमा छ। भाग्यवश, पुर्खौली, काकाको र फुपुको घर सुरक्षित छन् । तर तराईका अन्य क्षेत्रमा भेल, बाढी तिव्र छ । सामाजिक सञ्जालमा त्यहााको पिडा देख्दा मन थामिदैंन् । आाखाबाट आासु नै आउाछ । यस्तो अवस्थामा सरकारले गर्नु पर्ने उद्धार र राहतको कार्यमा ढिला सुस्ती हुादा पिडासागै आक्रोश पोख्न मन लाग्छ । तर यहाा कराएर मात्रै केही हुने छैन । त्यसैले हामी सबैले आफ्नो ठाउाबाट बाढी प्रभावितका लागि सहयोग गरौं । सकेसम्म बाढी प्रभावित क्षेत्रमा पुगेर सहयोग र सान्तवना दिउा । बाढी प्रभावितको सहयोगार्थ मैंले ५१ हजार रुपैयाा हस्तान्तरण गर्ने निर्णय गरेको छु । यस अभियानमा तपाईंहरुको पनि साथको अपेक्षा गर्दछु ।
आउनुस बोलेर मात्र होइन गरेर देखाउने बेला आएको छ।
सक्दो एकजुट भएर सहयोग गरौं’ अभिनेत्री प्रियंकाले फेसबुकमा लेखेकी छिन् ।
उता
तीनवटा वस्ती निर्माण गरेका कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत राहत अभियान सुरु गरेका छन् । उनीहरु आइतबार बिहान नै महोत्तरीतर्फ प्रस्थान गरिसकेका छन् ।
बाढी पीडितको राहतका लागि कलाकारहरुले पहल सुरु गरेका छन् । व्यक्तिगत र संस्थागतरुपमै कलाकारले राहत अभियानको घोषणा गरेका छन् ।
धुर्मुसले महोत्तरीमा चिकित्सकसहितको राहत टिम तयारी अवस्थामा रहेको बताउादै तत्कालै काम सुरु गर्ने बताए । ‘म महोत्तरी जाादैछु,’ उनले भने, ‘बर्दिवास पुग्नेवित्तिकै राहत टिम पीडितसमक्ष पुग्छ ।’
फाउण्डेसनले व्यक्तिगतरसंस्थागत सहयोगका लागि औपचारिक अपिल गरिसकेको छ । बाढीपीडितको सहयोगका लागि प्रतिबद्धताहरु आउन सुरु भएको उनले बताए ।
काठमाडौंमा गाईजात्रे कार्यक्रममा व्यस्त कलाकार मनोज गजुरेलले पनि व्यक्तिगत सहयोग घोषणा गर्दै राहतको अपिल गरेका छन् । परिवारका लागि दसैं, तिज मनाउने खर्चसमेत गरेर २० हजार रुपैया व्यक्तिगत सहयोगको घोषणा गरेका छन् ।
गजुरेल उपाध्यक्ष रहेको हास्य कविरकलाकारको संस्था सिस्नुपानी नेपालले संस्थागत राहतको तयारी गरेको छ । ‘आज बैठक बोलाएका छौं,’ उनले भने, ‘उद्दार र राहतका लागि गर्न सकिने विकल्पहरुमा छलफल हुन्छ ।’ अमेरिकामा रहेका गायक प्रेमराजा महतले २१ हजार रुपैयाा सहयोग दिने घोषणा गरेका छन् ।
उता गायक पदम राईलेपनि व्याक्तिगत रुपमा पनि सहयोग गर्ने बताएका छन् ।
प्रतिक्रिया