Bisal Chautari Logo

दुनियाकै अग्ली बेहुली बन्दैछिन् यी युवती

- २९ श्रावण २०७४, आईतवार १०:०६ मा प्रकाशित


World tallest bride
एजेन्सी
काठमाडौा, २०७४ श्रावण २९ आइबार । ब्राजिलियन युवती २० वर्षकी एलिसेनीले छिटै बिहे पनि गर्दै्छिन् । र उनी दुनियाकै सबैभन्दा अग्ली बेहुली बन्नेछिन् ।उनको उचाई ६ फुट ८ इन्च छ ।
tallest-bride

एलिसेनी डा क्रुजले आफुजस्तै अग्लो बेहुलो रोजिन् भन्ने सोच्नुभयो भने तपाईं गलत हुनुहुन्छ । पेशाले निर्माण मजदुर रहेका उनका हुनेवाला बेहुला फ्राकिनाल्डो उनीभन्दा १ फुट चार इन्च होचा छन् ।
एलिसेनी र फ्राकिनाल्डो तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् र पछिल्लो एक वर्षदेखि लिभ इन रिलेसनमा । अब उनीहरुले बिहे गर्ने निधो गरिसकेका छन् । बिहेसागै एलिसेनीले दुनियाकै अग्ली बेहुलीको कीर्तिमान राख्नेछिन् ।
एलिसेनीको शरीर त्यति अग्लो हुनुको खास कारण चाहीा ट्युमर रहेछ । उनी पिट्युटरी ग्रन्थीको ट्युमरबाट पीडित छिन् । जसका कारण उनको जीउको उचाई लगातार बढिरह्यो । उनलाई आफ्नो उचाईका कारण समस्या भने भोग्नुपर्यो । उनले मोडलिङ गर्ने सोच राखिन् तर सफलता मिलेन ।
तर अन्तत: आफ्नो जिवनसाथी फेला परेपछि चाहीा उनी निकै खुसी छिन् । आफू बिहेको उत्कट चाहना र प्रतीक्षामा रहेको उनी बताउाछिन् ।

प्रतिक्रिया