Bisal Chautari Logo

सरकारी कर्मचारीसहित ९ जना जुवाडे पक्राउ

- २९ श्रावण २०७४, आईतवार ०५:३० मा प्रकाशित


Arrest 9 gamblers including government employees
विशाल चौतारी समाचार
डडेल्धुरा, २०७४ श्रावण २९ आइबार डडेल्धुरा जिल्ला सदरमुकामस्थित एक होटेलबाट प्रहरीले नौजना जुवाडे पक्राउ गरेको छ ।
tasss                                                                                                                      file photo

शनिबार अमरगढी नगरपालिका–५ कीर्तिपुर नजिकै रहेको मित्र होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिएका छन्
जुवा खेलिरहेको अवस्थामा जिप्रका डडेल्धुराको विशेष टोलीले उनीहरुको साथबाट रु चार हजार ७० समेत फेला पारेको हो । पक्राउ पर्नेमध्ये अधिकांश व्यक्ति जिल्लाका सरकारी कार्यालयका कर्मचारी रहेको नायब उपरीक्षक शाहीले जानकारी दिए । जुवाडेलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान थालेको छ ।
चाडपर्व नजिकिएसागै डडेल्धुराको बागबजारमा खुलेआम जुवातास खेल्ने र खेलाउनेको संख्या बढेको पाइन्छ । पछिल्लो समयमा प्रहरीले जुवातास नियन्त्रणमा सक्रियता बढाएको छ ।
जिप्रका डडेल्धुराले जिल्लाका विभिन्न स्थानमा दैनिक भइरहेको लाखौाको जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाएको हो । जिल्लाका विभिन्न स्थानमा दैनिक सादा पोशाकका प्रहरी खटाइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिएका छन् ।
जिल्लाका ग्रामीण भेगमा रहेका प्रहरी चौकीलाई पनि जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाउन निर्देशन दिइएको जिप्रका डडेल्धुराले जनाएको छ । रासस

प्रतिक्रिया