Bisal Chautari Logo

चीनमा शक्तिशाली भूकम्पमा कम्तिमा १३ को मृत्यु, घाइते १७५ जना

- २५ श्रावण २०७४, बुधबार ०६:४८ मा प्रकाशित


A powerful earthquake in China
विशाल चौतारी समाचार
बेइजिङ २०७४ श्रावण २५ बुधबार। चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा मंगलबार सााझ गएको शक्तिशाली भूकम्पमा परी १३ जनाको मृत्यु र १७५ घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
-earthquake in chainaसिचुआन प्रान्तको जिउचेइगउ काउन्टीको आकस्मिक सेवा कार्यालयका अनुसार सात रेक्टरस्केलको धक्का महशुस भएको थियो ।
भूकम्प प्रभावित क्षेत्रमा रहेका ३१ हजार पााच सय पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय प्रशासनहरुले मुन उपत्यकाका चाङ्चा सहर, सेराटन रिसोर्टलगायतमा आकस्मिक सेल्टर खडा गरेका छन् ।
हालसम्म सात सय ७० भन्दा बढी पराकम्पन महशुस भएको अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति सी जिनपिङले तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ली खछ्याङले पनि अरु सबै काम छाडेर उद्धार र राहतमा जुट्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा चिनियाा मन्त्रिपरिषद्ले राष्ट्रिय उद्धार टोली परिचालन गरेको छ ।
यसैबीच, सिन्जियाङको उइगुर स्वायत्त क्षेत्रमा बुधबार बिहान ६ दशमलव ६ रेक्टर स्केलको धक्का महशुस भएको छ । स्थानीय समयअनुसार बिहान सात बजेर २७ मिनेट जाादा गएको भूकम्पका कारण भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन । रसस

प्रतिक्रिया