SANRAKSHAN Nepali Movie team in dharan
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २४ मंगलबार । श्रावणको २७ गतेबाट देश ब्यापी प्रदर्शनमा आउने चलचित्र ‘संरक्षण’ प्रचार प्रसार लाई तिब्र पार्दै देश दौडाहामा निस्केको दोश्रो दिन धरान र दमकमा पत्रकार संग भेटघाट गर्यो । चलचित्रका लागी प्रमुख कलाकार नायिका मलिना जोशी, आशिषमा नकर्मी सहित निर्देशक पुर्णेन्दु झा, खलनायक सुशान्त श्रेष्ठ लगायत निर्माता नरेन्द्र महर्जन सोमबार धरान र दमक पुगेका छन् ।
आइतबार मोफसलको पहिलो पत्रकार सम्मेलन बिराटनगर र ईटहरिमा गरेको युनिटले सोमबार धरान र दमकमा पत्रकार भेटघाट गरेको थियो । युनिट मंगलबार जनकपुर प्रस्थान गर्ने छ । युनिट ले पुर्ब देखि पश्चिमको मेजर शहरमा पत्रकार भेटघाट आयोजना गर्ने बताईएको छ ।
आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जबाफ दिदै निर्देशक पुर्णेन्दु झा ले पत्रकारहरुलाई “सिनेमा “संरक्षण“ एउटा बिसुध्ह नेपाली चलचित्र हो जसले नेपाली समाजको बर्तमान राजनीतिक अवस्थाको चित्रण गरेको छ । यस सिनेमाले मधेशी थारु समुदाय बिचको व्याबहारिक र मनोबैज्ञानिक दोन्दलाई चित्रण गरेको छ । चलचित्र ५ ओटा पी पुलिस, प्रेश, पब्लिक, पावर र पोलिटिक्समा कथा घुमेको छ । सीनेमाले नेपलाको जन आन्दोलन २०६२–६३ पछीको देशको सामाजिक, राजनीतिक अवस्थाको पृष्ठभूमिमा आधारित पोलिटिकल ड्रामा जहा पहाडी, मधेशी थारु समुदाय बिचको व्याबहारिक र मनोबैज्ञानिक दोन्दलाई चित्रण गरेको छ । चलचित्र ५ ओटा पी पुलिस , प्रेश , पब्लिक , पावर र पोलिटिक्स मा कथा घुमेको छ । युनिट लाई सोमबार धरानको एकता समाज धरानका सरक्षक तथा धरानको समाजसेवी सन्दिप श्रेष्ठले युनिटलाई खादा तथा टोकन अफ लब दिएर सम्मान पनि गर्यो । समाजसेवी श्रेष्ठले सिनेमा रिलिजमा धरानमा आफुहरुले सक्दो सहयोग गर्ने बताए ।
पुर्णेन्दु प्रोडक्सन्स, द्वारिका उदय प्रोडक्सन, श्रीबास्तव फिल्म्स तथा हेटौडा मुभी मेकर्स टिमको ब्यानरमा निर्मित नेपाली चलचित्र ‘सरंक्षण’ श्रावण २७ गते बाट देशका करिब ७५ ओटा भन्दा बढी सिनेमा घरहरुबाट प्रदर्शनमा आउने बताए चलचित्रका लागी निर्माता नरेन्द्र महर्जनले ।
निखिल उप्रेती, सौगात मल्ल रमेश रंजन झा, मलिना जोशी, अशिश्मा नकर्मी, प्रमोद अगरहरी, कामेस्वोर चौरसिया, कृष्ण सिंह, रमेश बुढाथोकी, निर शाह, श्वेता शाह, नन्दु श्रीवास्तब, निर्देश श्रीवास्तब, राज कटुवाल तथा सुशान्त श्रेष्ठको प्रमुख अभिनयको रहेको यस चलचित्रको कथा रमेश रंजन झा र निर्देशक पुर्णेन्दु झा ले नै लेखेका हुन् ।
डा कृष्ण हरि बराल, दर्मेन्द्र प्रेमार्शी र रोशन जनकपुरीको शब्द रहेको यस चलचित्रको गीत लाई संगीत भने प्रभेस मलिकले भरेका छन् । पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको यस सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन, कविराज गहतराजको कोरियोग्राफर, र हिमाल केसीको दन्द्ध रहेको छ । चलचित्रलाई एफ डी कम्पनि र बि.के फिल्मस र स्टेसन फाईबले वितरण गर्ने भएको छ ।
प्रतिक्रिया