Bisal Chautari Logo

उपत्यकमा जताततै छायो गाईजात्रको रौनक (भिडियो सहित)

- २४ श्रावण २०७४, मंगलवार १२:३१ मा प्रकाशित


Gaijatra 2017 kathmandu Nepal
– नविन राई, (भिडियो, तस्बिर)
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २४ मंगलबार । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज गाईजात्रा पर्व मनाएको छ । नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा आज गरी गाईजात्रा पर्व मनाइन्छ ।
Gaijatra 2017 kathmandu Nepalएक वर्ष भित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिागारी आ–आफ्ना टोलमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्धारा दूध, फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र ऽव्य दान गर्नेगरिन्छ । यसो गर्नाले वर्ष भरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास रहि आएको छ ।
इतिहासअनुसार राजा प्रताप मल्लले पुत्रशोकका कारण विक्षिप्त बनेकी आफ्नी रानीलाई अरुले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन गाईजात्राको थालनी गरेका हुन्। उनले जनतालाई मृतक आफन्तको नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको मानिन्छ।
देशका विभिन्न सहरमा गाईजात्रा मनाइएपनि काठमाडौं उपत्यकामा यसको विशेष रौनकता पाईन्छ । यस पर्वमा प्रहसन, सामाजिक विसंगति विरुद्ध व्यंग्यात्मक प्रर्दशन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा गीत पनि गाउने गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौं उपत्यका लगायतका बनेपा, धुलिखेल, पनौति, बाह््रविशे, चरिकोट, त्रिशुली बजार, दिक्तेल, भोजपुर, इलाम, विराटनगर, विरगंज, हेटौडा र पोखरा लगायत स्थानमा मनाइन्छ । यसै अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिने गरेको छ ।

प्रतिक्रिया