Bisal Chautari Logo

सुन्दरी प्रतियोगितामा पत्नीलाई जिताउ लोग्नेले सारी चोरेपछि

- २४ श्रावण २०७४, मंगलवार ०८:५० मा प्रकाशित


The beautiful contest will win the wife
एजेन्सी
भारत, २०७४ श्रावण २४ मंगलबार । तपाईंले पनि सुन्नुभएको होला, प्रेम र युद्धमा सबै जायज हुन्छ । प्रेममा मानिसहरुले हद पार गर्न पछि पर्दैनन् । मायालुहरु कहिलेकाहिा आफ्नो मायालुका लागि यस्ता हर्कत पनि गरिदिन्छन् जो असहज लाग्छन् र सबैले मानक बनाउाछन् । भारतको छत्तिसगढका एक पुरुषले यस्तै गरेका छन् ।
sari

श्रीकान्त गुप्ता नामका ती व्यक्तिले आफ्नी श्रीमतीलाई सुन्दरी प्रतियोगिता जिताउनका लागि शोरुमबाट सारी नै चोरेका छन् ।
श्रीकान्तकी पत्नी प्रमिला स्थानीय एक सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन् । उनै पत्नीलाई प्रतियोगितामा जोडदार रुपमा प्रस्तुत गर्नका लागि ३२ वर्षका श्रीकान्तले सारीको एउटा शोरुममा पसेर डिजाइनर सारी नै चोरेर ल्याए ।
जब प्रमिलाले चोरी गरेका सारी लगाएर प्रतियोगितामा सहभागी भइन् तब श्रीकान्तको चोरीको पर्दाफास भयो । दर्शकमध्ये एकजनाले प्रमिलाले लगाएको चोरीको सारी चिनेछन् र सारी शोरुमका मालिकलाई सूचना गरेछन् ।
शोरुम मालिक पुलिस लिएर त्यहाा आए र शोधपुछका लागि भन्दै प्रमिला र श्रीकान्तलाई चौकीमा लिएर गए । चौकीमा श्रीकान्तले आफूले चोरी गरेको स्वीकार गरे । आफूसाग डिजाइनर सारी किन्ने पैसा नभएपछि आफुले चोरी गरेको श्रीकान्तले बताएका छन् ।
श्रीकान्त एक सरकारी शिक्षक हुन् ।

प्रतिक्रिया