Bisal Chautari Logo

१ सय १ वर्षे महिलाले पाइन् १७ औ बच्चा

- २३ श्रावण २०७४, सोमबार ११:३६ मा प्रकाशित


10 1-year-old woman and her 17 children
ऐजेन्सी
इटाली, २०७४ श्रावण २३ सोमबार ।आमा बन्नु कुनैपनि महिलाको लागि निकै खास हुन्छ । तर निश्चित उमेरपछि महिलाको प्रजनन क्षमतामा कमी आउाछ, जसका कारण त्यसपछि महिला चाहेर पनि आमा बन्न सक्दैनन् ।
old babyहालै इटालीकी एकजना १ सय १ वर्षे महिलाले महिलाको प्रजनन क्षमता तथा उमेर सम्बन्धी समग्र अनुभव तथा वैज्ञानिक तथ्यहरुलाई गलत सावित गरेकी छन् ।
सय १ वर्षको उमेरमा आफ्नो १७ औा बच्चा जन्माएर सबैलाई अचम्ममा पारेकी छिन् ।
ती महिलाले हालै ९ पाउण्ड तौलको बच्चा जन्माइन् । यति पाको उमेरमा उनले जन्माएको बच्चाको स्वास्थ्यका विषयलाई लिएर आलोचना पनि हुने गरेको छ । ती महिलाले टर्कीको एक निजि क्लिनिकमा अण्डासय प्रत्यारोपण गरेकी थिइन् । जबकी युरोपेली कानून अनुसार अण्डासय प्रत्यारोपण अवैध हो ।
अनातोलिया व्हर्टाडेला आफ्नो १७ औा बच्चालाई इश्वरको आशिर्वाद मान्छिन् । उक्त बच्चाको नाम फ्रान्सिस्को राखिएको छ ।
१६ वटा बच्चा जन्माइसक्दा उनी ४८ वर्षकी थिइन् । त्यसबेला उनलाई डिम्बग्रन्थीको क्यान्सर भएको थियो । उक्त रोगले आफ्नो प्रजनन क्षमता नष्ट हुादा उनलाई जिवन नै बेकार लागेको थियो । तर डिम्बासय प्रत्यारोपण पछि आमा बन्न पाउादा उनले निकै गौरवान्वित महसूस गरिरहेकी छिन् ।

प्रतिक्रिया