Bisal Chautari Logo

गायक पदमको ‘फुल टिपे काडा बनको’ कभर प्रतियोगितामा १५० गीत छनौट

- २१ श्रावण २०७४, शनिबार ११:०९ मा प्रकाशित


Padam Rai new song Timle Chhadi Gaye Pani cover song competition
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण २१ शनिबार । युवामाझ पछिल्लो समय उदाउदै गरेका गायक पदम राईको ‘फुल टिपे काडा बनको’बोलको गीत कभर प्रतियोगितामा १५० भन्दा बढी प्रतियोगीहरुले सहभागी जनाएका छन् ।
Padam Rai Timle Chhadi Gaye Pani cover song competitionसाङ्गीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपको पहिलो अभियान तथा रुबुशा क्रियटिभ वर्कको आयोजनामा भइरहेको ‘अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’मा छनौट भएका १५० गीतहरुलाई छनौट भइरहेको छ । १५० बाट २० प्रतिस्पर्धिहरु छानिनेछन् । त्यसपछि २० प्रतिस्पर्धिहरुले गायक पदम राईकै दोस्रो गीत ‘तिमिलाई देखेपछी’ बोलको गीतबाट बिजेताहरु छानिनेछन् । यस गीतको निर्णायकहरुमा गायक तथा संगीतकार बिनोद खम्बु र नेपाल आइडल विजेता, गायक बिक्रम राई रहेका छन् ।
‘अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’मा प्रथम हुनेलाई ५० हजार नगद पुरस्कार राखिएको छ । त्यस्तै दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार उपलब्ध गराइने साङ्गीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपले बताए । विजताहरुको घोषण कार्यक्रम असोज पहिलो हप्ता हुनेछ ।
यस प्रतियोगिताको प्रायोजकहरुमा मनकुमार सामपाङ राई(मलेसिया), राज मादिहाङ(दुबइ), बाबु राई(मलेसिया), सन्जु लिम्बु, पुर्ण खालिङ राई, लब्ली सुजु साम्पाङ राई, गंगा राई, बिष्णु पोल्माछा चाम्लिङ(मलेसिया) लगायत रहेका छन् ।
‘फुल टिपे काडा बनको’बोलको गीत विनोद खम्बुको शब्द संगीत रहेको छ भने दोस्रो गीत ‘तिमिलाई देखेपछी’को शब्द निर्मला बिक, संगीत विनोदकै रहेको छ ।

प्रतिक्रिया