Bisal Chautari Logo

कोशिसको संगीतमा ‘रोमियो एण्ड मुना’को ‘डानसमा म १ नम्बर’ सार्वजनिक (भिडियो सहित)

- २० श्रावण २०७४, शुक्रबार ०८:४१ मा प्रकाशित


Romeo & Muna movie song Dancema Ma Ek Number Ft Menuka Pradhan and Shristi Shrestha
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण २० शुक्रबार । तीजलाई लक्षित गर्दै चलचित्र ‘रोमियो एण्ड मुना’को डानसमा म ए नम्बर बोलको गीति भिडियो रिलिज गरिएको छ ।
चर्चित गीत ‘काले दाई’को संगीतकार, तथा अभिनेता कोशिस क्षेत्रीको संगीत तथा निर्देशक दिनेश राउतको शब्द रहेको छ । यस गीतलाई संगीतकार स्वयम कोशिस, मिना निरौला, झुमा निरौला र दीपा लामाको स्वर रहेको छ । गीतको भिडियोलाई गोविन्द राईले कोरियोग्राफी गरेका छन् ।
Romeo & Muna movie song Dancema Ma Ek Number Ft Menuka Pradhan and Shristi Shresthaभेडेटारको नाम्चे गाउँमा छायाँकन गरिएको भिडियोमा बसुन्धरा भूषाल, सुस्मा कार्की, सृष्टि श्रेष्ठ र मेनुका प्रधान लगायत कलाकारहरु फिचरिङ छन् । नरेश कुमार केसीको निर्देशन रहेको फिल्म रोमियो एण्ड मुनामा विनय श्रेष्ठ र सुष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । पि एमजी पिक्चर्स र भि मोसन पिक्चर्सको संयुक्त प्रस्तुती रहेको फिल्मका प्रशन्न गोपाली, कविन शाक्य, विनय श्रेष्ठ निर्माता हुन् भने क्यामेरामा दिपाङ्कर सिक्दर र बाबु श्रेष्ठ छन् ।
करिब नब्बे प्रतिशत छायााकन सकिएको रोमियो एण्ड मुनाको दुई वटा गीत र केही दृश्यहरु खिच्न बााकी छन् । माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रको सम्पूर्ण जसो छायाँकन धरानमा गरिएको छ ।

भिडियो यस्तो छ :

Dancema Ma Ek Number | Nepali Movie Romeo & Muna Ft. Menuka Pradhan, Basundhara Bhushal, Shristi Shrestha, Vinaya Shrestha

Dancema Ma Ek Number | Nepali Movie Romeo and Muna Ft. Menuka Pradhan, Basundhara Bhushal, Shristi Shrestha

PMG Pictures & V Motion Pictures Presents!
in Association with K.S. Production
New Nepali Movie: Romeo & Muna

Song’s Title: Dancema Ma Ek Number
Singers: Koshish Chhetri, Deepa Lama, Jhuma Niraula, Meena Pokharel Niraula
Music/Compose: Koshish Chhetri
Lyrics: Dinesh Raut, Naresh Kumar KC
Arranger: Uday Raj Poudel

Starring: Vinaya Shrestha, Shristi Shrestha, Prajwal Sujal Giri, Sushma Karki
Writer Director: Naresh Kumar KC
DOP: Dipankar Sikder
CAC: Babu Shrestha
Editor: Lokesh Bajracharya, Rajesh Shah
Dance Director: Gobinda Rai
Costume Design: Bina Ghale (Gabi)
Make Up: Samsher Lama
Publicity Design: Swapnil Acharya

प्रतिक्रिया