prem geet 2 movie second weekend
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण २० शुक्रबार । देशभक्ति प्रेम कथालाई बोकेको चलचित्र ‘प्रेमगीत २’ले पहिलो साता दर्शकको मन जित्दै व्यवसायिक सफलतापनि कमाएको छ । सन्तोष सेन निर्मित चलचित्रले सातदिनमा ४ करोड १७ लाख ८२ हजार ३ सय ६२ रुपैया कमायो ।
रामशरण पाठक निर्देशित तथा प्रदिप खड्का र अश्लेषा ठकुरी अभिनित चलचित्र ‘प्रेमगीत २’ले मोफसलबाट १ करोड ८७ लाख र राजधानीबाट २ करोड ३० लाख रुपैयाँको ब्यापार गरेको हो । पहिलो साता चलचित्र निर्माताले ८५ लाख मोफसलबाट र काठमाडौंबाट झन्डै १ करोड १३ सेयर पाउने भएका छन् । अध्याधिक रुचाइएको यस फिल्मले करिब करिब फिल्मको लगानी सुरक्षित गरिसकेको छ ।
पहिलो साताको चलचित्र हेरेका दर्शकको (वर्ड अफ माउथ) प्रतिक्रियाले दोश्रो साता पनि चलचित्रले राम्रै ब्यापार गर्ने देखिएको छ । दोश्रो साता बलिउड चलचित्र ‘जव ह्यारी मेट सेजल’ लाग्ने भएपनि यो चलचित्रको कमजोर समिक्षाले ‘प्रेमगीत २’ नै अघि बढ्ने चलचित्र वितरकको समिक्षा रहेको छ ।
यता दर्शकको यस्तो साथ पाएपछि चलचित्र ‘प्रेमगीत २’ निर्माण टिम उत्साहित छन् । निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रले पछिल्लो बिहिवार पनि ६० प्रतिशत माथिको अकुपेन्सी गरेको छ ।
आशुसेन फिल्मस्को ब्यानरमा बनेको चलचित्रमा प्रदिप र अश्लेषासंगै सन्तोष सेन, शिशिर भण्डारी, श्रधा प्रसाई लगायतको मुख्य अभिनय छ ।
प्रतिक्रिया